न्यायाधीश अब्दुल अजिज मुसलमानको एकल इजलासले मंगलबार महान्यायाधिवक्ता कार्यालयसँग रवि लामिछानेको मुद्दा फिर्ता गर्नु पर्नुको कारण पेस गर्न आदेश दिएको हो। त्यस्तै महान्यायाधिवक्ता कार्यालयलाई छलफलका लागि उपस्थित हुन पनि आदेश जारी गरिएको छ।
बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, कानुनका विद्यार्थी आयुष बडाल र युवराज पौडेल सफलले बिहीबार दायर गरेको रिटमा महान्यायाधिवक्ता कार्यालयको निर्णयलाई ‘प्रथम दृष्टिमै गैरकानूनी, बदनियतपूर्ण र स्वेच्छाचारी’ भन्दै बदर गर्न माग गरिएको थियो।