नेक्सजेन म्यानेजमेन्टको विशेष साधारणसभा सम्पन्न

Jan 20, 2026 05:02 PM Merolagani



नेक्सजेन म्यानेजमेन्ट एण्ड इक्विटी सोलुसन्स लिमिटेडको विशेष साधारणसभा सम्पन्न भएको छ। 

सोमबार काठमाडौंस्थित आनन्दभूमि इभेन्ट्समा सम्पन्न सभाको अध्यक्षता कम्पनीका अध्यक्ष देवेन्द्र प्रताप शाहले गरेका थिए ।

सभाले कम्पनीको जारी तथा चुक्ता पूँजी ५० करोड रुपैयाँबाट बढाएर ६२ करोड ५० लाख रुपैयाँ पुर्‍याउने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ। साथै संस्थापक र सर्वसाधारण शेयर स्वामित्व अनुपात ८०ः२० कायम गर्ने प्रस्ताव पनि स्वीकृत गरिएको छ।

कम्पनीले निकट भविष्यमा सर्वसाधारणका लागि आईपीओ जारी गर्ने तयारीस्वरूप नेपाल धितोपत्र बोर्डका आवश्यक शर्तहरू पूरा गर्दै आएको जनाएको छ। तीन वर्षभन्दा बढी समयदेखि सञ्चालनमा रहेको कम्पनी निरन्तर खुद मुनाफामा रहनुका साथै नेटवर्थ अंकित मूल्यभन्दा माथि रहेकाले पूँजी वृद्धि प्रस्ताव पारित गरिएको हो।

सभाबाट प्रवन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने र सर्वसाधारणमा शेयर जारी गर्ने प्रक्रियाका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गरिएको छ। सभामा एक सयभन्दा बढी शेयरधनीहरूको उपस्थिति रहेको थियो।




'जेनजी' शेयर चम्किँदा यी हुन सबैभन्दा सस्तो मूल्यका १० कम्पनी

Jan 18, 2026 06:18 PM

पछिल्लो समय नेप्सेमा सूचीकृत नयाँ कम्पनीको साथै फाइनान्स समूहमा सूचीकृत कम्पनीहरुको शेयर मूल्य बढिरहेका छन् । ‘जेनजी शेयर’को नाम दिएका नयाँ कम्पनी पछिल्लो समय सर्किट लागेर बढिरहेका छन् । आइतबारको बजारमा पनि सागर डिस्टिलरी र श्रीनगर एग्रीटेक इन्डष्ट्रिज १० प्रतिशत सर्किट लागेर बढे ।