रवि लामिछाने र गगन थापाले वारेसबाट दर्ता गरे उम्मेदवारी

Jan 20, 2026 05:00 PM merolagani



राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछाने र नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफ्नो निर्वाचन क्षेत्रमा वारेसबाट उम्मेदवारी दर्ता गराएका छन् ।

थापा आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ र लामिछानेले चितवन–२ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिएका हुन् ।

लामिछाने आफ्नो सहकारी मुद्दाका कारण निर्वाचन कार्यालय पुग्न नसकेपछि उनले वारेसबाट उम्मेदवारी दर्ता गराएका हुन् । थापा भने भोलि बुधबार मात्र सर्लाही–४ पुग्ने कार्यक्रम छ ।




'जेनजी' शेयर चम्किँदा यी हुन सबैभन्दा सस्तो मूल्यका १० कम्पनी

Jan 18, 2026 06:18 PM

पछिल्लो समय नेप्सेमा सूचीकृत नयाँ कम्पनीको साथै फाइनान्स समूहमा सूचीकृत कम्पनीहरुको शेयर मूल्य बढिरहेका छन् । ‘जेनजी शेयर’को नाम दिएका नयाँ कम्पनी पछिल्लो समय सर्किट लागेर बढिरहेका छन् । आइतबारको बजारमा पनि सागर डिस्टिलरी र श्रीनगर एग्रीटेक इन्डष्ट्रिज १० प्रतिशत सर्किट लागेर बढे ।