देउवा पक्षको कांग्रेसको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश, गगन थापा नेतृत्वलाई बाटो खुला

Jan 20, 2026 05:05 PM merolagani



सर्वोच्च अदालतले शेरबहादुर देउवा नेतृत्वको नेपाली कांग्रेसको आधिकारिकता पाउनुपर्ने रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । 

यसअघि निर्वाचन आयोगले गगन थापालाई आधिकारीक कांग्रेस मान्ने निर्णय गरेको थियो ।

त्यसविरुद्ध देउवा पक्षले सर्वोच्चमा रिट दायर गरेर आधिकारीता दिनुपर्ने आदेश माग गरेकोमा सर्वोच्चले यस्तो आदेश दिएको हो । अन्तरिम आदेश दिने र नदिने निर्णय गर्नुअघि पोखरेलको इजलासले दुवै पक्षलाई छलफलका लागि बोलाएको छ ।

निर्वाचन आयोगले विशेष महाधिवेशनलाई मान्यता दिँदै गगन थापा नेतृत्वको कार्य समिति अद्यावधिक गरिसकेको छ । सोही निर्णय बमोजिम गगनले पार्टीका १६५ क्षेत्रकै उम्मेदवार टुंग्याएका छन् ।




'जेनजी' शेयर चम्किँदा यी हुन सबैभन्दा सस्तो मूल्यका १० कम्पनी

Jan 18, 2026 06:18 PM

पछिल्लो समय नेप्सेमा सूचीकृत नयाँ कम्पनीको साथै फाइनान्स समूहमा सूचीकृत कम्पनीहरुको शेयर मूल्य बढिरहेका छन् । ‘जेनजी शेयर’को नाम दिएका नयाँ कम्पनी पछिल्लो समय सर्किट लागेर बढिरहेका छन् । आइतबारको बजारमा पनि सागर डिस्टिलरी र श्रीनगर एग्रीटेक इन्डष्ट्रिज १० प्रतिशत सर्किट लागेर बढे ।