उद्योगी–व्यवसायी चुनावी मैदानमा: कुन दलबाट कसले गरे मनोनयन

Jan 20, 2026 07:16 PM Merolagani



आगामी निर्वाचन नजिकिँदै गर्दा राजनीतिक दलहरूले आर्थिक जगतका स्थापित नामहरूलाई उम्मेदवार बनाएर चुनावी प्रतिस्पर्धामा उतारेका छन्। उद्योग, व्यापार, बैंकिङ, वैदेशिक रोजगार, यातायात तथा निर्माण क्षेत्रमा लामो समय सक्रिय रहेर चर्चित बनेका व्यक्तिहरू अब प्रत्यक्ष राजनीतिमा उत्रिएका छन्। यसले चुनावी माहोललाई अझै रोचक बनाएको छ।

यसपटक पुराना उद्योगपतिहरुमा नेपाली कांग्रेसले फोब्स पत्रिकामा सूचीकृत नेपालको एक मात्र डलर अर्बपति बिनोद चौधरीलाई परासीको क्षेत्र नम्बर १ बाट उम्मेदवार बनाएको छ । यसैगरी, जनमत पार्टीले सिरहाको क्षेत्र नम्बर ४ बाट बैंकिङ, जलविद्युत् तथा शिक्षा क्षेत्रमा लगानीकर्ता तथा माछापुच्छ्रे बैंकका पूर्वअध्यक्ष वीरेन्द्रप्रसाद महतोलाई उम्मेदवार बनाएको छ । यसअघि समानुपातिक प्रणालीबाट सांसद भएका चौधरीले २०७९ मा प्रत्यक्ष चुनाव जितेर सांसद भएका थिए भने महतोले जनता समाजवादी पार्टीको तर्फबाट सिरहा ४ बाटै चुनाव जितेका थिए ।

नेपाली कांग्रेसले रसुवाबाट इन्जिनियर पृष्ठभूमिका मोहन आचार्य, रुपन्देही–२ बाट चुन्नप्रसाद पौडेल, गुल्मी–२ बाट भुवन श्रेष्ठ, डोल्पाबाट निर्माण व्यवसायी कर्णबहादुर बुढा, नवलपरासी पश्चिम–१ बाट नेपालकै चर्चित उद्योगपति विनोद चौधरीलाई उम्मेदवार बनाएको छ । त्यस्तै स्याङजा–१ बाट मुक्तिनाथ विकास बैंकका पूर्व सीईओ भरतराज ढकाललाई र पर्यटन तथा होटल व्यवसायमा संलग्न योगेश गौचनलाई मुस्ताङबाट उम्मेदवार बनाएको छ । गौचन होटल, टुर्स एन्ड ट्राभल्स सञ्चालन गर्नुका साथै कृषि क्षेत्रमा समेत सक्रिय छन् ।

सोलुखुम्बुबाट प्रकाश सिंह कार्कीलाई नेपाली कांग्रेसले उम्मेदवार बनाएको छ उनी पर्यटन व्यवसायमा संलग्न हुनुको साथै नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय समेत छन् । कास्की क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसको उम्मेदवार बनेका तिलक रानाभाट वैदेशिक रोजगार व्यवसायी हुन । उनी नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष समेत हुन । त्यस्तै झापा–१ बाट नेपाल उद्योग वािणज्य महासंघको उम्मेदवार बनेको केशव पाण्डे नेपाल उद्योग वाणिज्य महासंघको पूर्व केन्द्रीय सदस्य तथा पूर्व भन्सार एजेन्ट समेत हुन। झापा–३ बाट उद्योग वाणिज्य महासंघ झापा जिल्ला पूर्व अध्यक्ष तथा अलैची व्यवसायी महासंघका पूर्व अध्यक्ष राजेन्द्र घिमिरेले र कैलाली–२ बाट यातायात व्यवसायी महासंघ अध्यक्ष विजयबहादुर स्वाँर र मोरङबाट मेडिकल व्यवसायिक सुनिल शर्मालाई नेपाली कांग्रेसले उम्मेदवार बनाएको छ।

 

एमालेले कपिलवस्तु–३ बाट चिनी उद्योग व्यवसायी वीरेन्द्र कनौडिया, झापा–१ बाट दुग्ध व्यवसायी रामचन्द्र उप्रेती, झापा–४ बाट वैदेशिक रोजगार व्यवसायी संघका पूर्व अध्यक्ष एलपी साँवा, मोरङ–२ बाट उद्योगपति दिलिप अग्रवाल, मोरङ–५ बाट उद्योगपति मनोज अग्रवाल, धनुषा–२ बाट उमाशंकर अर्घरिया, बारा–४ बाट उद्योग व्यवसायी कृष्णकुमार श्रेष्ठ, दोलखाबाट पार्वत गुरुङ, नवलपुर–१ बाट उद्योग व्यवसायी महासंघ अध्यक्ष भगिरथ सापकोटा र स्याङजा–२ बाट खिमबहादुर थापा उम्मेदवार बनाएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौं–२ बाट सुनिल केसी, काठमाडौं–९ बाट डिपी अर्याल, चितवन–१ बाट हरि ढकाल, रुपन्देही–३ बाट लेखजंग थापा, दाङ–२ बाट बिपिन आचार्य र भक्तपुर–१ बाट उद्योग वाणिज्य महासंघका महासचिव रुकेश रञ्जितलाई उम्मेदवार बनाएको छ। डीपी अर्याल वैदेशिक रोजगार व्यवसायी हुन भने हरि ढकाल शेयर कारोबारी हुन् ।

जनमत पार्टीले सिरहा–४ बाट बैंकिङ, जलविद्युत् तथा शिक्षा क्षेत्रमा लगानीकर्ता तथा माछापुच्छ्रे बैंकका पूर्व अध्यक्ष वीरेन्द्रप्रसाद महतोको उम्मेदवारी दर्ता गरेको छ।

विभिन्न पार्टीले उठाएका यी उम्मेदवारहरू आफ्नो–आफ्नो क्षेत्रमा आर्थिक जगतमा स्थापित नाम भएका कारण जनताले उनीहरूलाई व्यवसायिक अनुभवलाई राजनीतिक नेतृत्वमा रूपान्तरण गर्ने आशासहित हेरिरहेका छन्। विगतमा उद्योगी–व्यवसायीहरूले कर प्रणाली, लगानी वातावरण, वैदेशिक रोजगार व्यवस्थापन, यातायात र निर्माण क्षेत्रका चुनौतीबारे बारम्बार आवाज उठाउँदै आएका थिए। अब उनीहरू प्रत्यक्ष राजनीतिमा आएपछि यी मुद्दाहरू संसदमा प्राथमिकताका साथ उठ्ने अपेक्षा गरिएको छ। विशेषज्ञहरूको भनाइमा, व्यवसायीहरूको राजनीतिमा प्रवेशले नीति निर्माणमा व्यावहारिकता थप्ने सम्भावना छ। कर प्रणालीलाई सरल बनाउने, लगानीमैत्री वातावरण सिर्जना गर्ने, वैदेशिक रोजगारलाई व्यवस्थित गर्ने, यातायात र निर्माण क्षेत्रमा पारदर्शिता ल्याउने जस्ता मुद्दा अब प्रत्यक्ष रूपमा संसदमा उठ्नेछन् भन्ने विश्वास गरिएको छ।

उद्योगी–व्यवसायीहरूको प्रत्यक्ष राजनीतिक प्रवेशले नेपालको चुनावी प्रतिस्पर्धालाई अझै आकर्षक र रोचक बनाएको छ। अब हेर्न बाँकी छ—व्यवसायिक अनुभवले राजनीतिक नेतृत्वलाई कस्तो दिशा दिनेछ, र आर्थिक जगतका यी नामहरूले संसदमा कस्तो प्रभाव पार्नेछन्।




'जेनजी' शेयर चम्किँदा यी हुन सबैभन्दा सस्तो मूल्यका १० कम्पनी

Jan 18, 2026 06:18 PM

पछिल्लो समय नेप्सेमा सूचीकृत नयाँ कम्पनीको साथै फाइनान्स समूहमा सूचीकृत कम्पनीहरुको शेयर मूल्य बढिरहेका छन् । ‘जेनजी शेयर’को नाम दिएका नयाँ कम्पनी पछिल्लो समय सर्किट लागेर बढिरहेका छन् । आइतबारको बजारमा पनि सागर डिस्टिलरी र श्रीनगर एग्रीटेक इन्डष्ट्रिज १० प्रतिशत सर्किट लागेर बढे ।