पछिल्लो समय पूँजी बजारमा दोहोरो आइजीन व्यवस्थालाई लिएर निकै चर्चा चल्दै आएको छ । सूचीकृत भएका कम्पनीका संस्थापक शेयरधनीहरुले संस्थापक र साधारण दुवै शेयरलाई एउटै आइजीन मार्फत कारोबार हुनुपर्ने अडान गर्दै आएका थिए । अर्कोतर्फ, दोस्रो बजारका आम लगानीकर्ताहरूले दोहोरो आइजीनको व्यवस्था लागु गर्नुपर्ने जोड दिदैन आएका थिए ।
अदालतको उक्त आदेश साधारण लगानीकर्ताहरूको हितमा आएको नेपाल शेयर बजार लगानीकर्ता संघका अध्यक्ष हरिबहादुर केसीले बताए । केसीले भने, 'अदालतको आदेशसँगै अब सिंगल आइजीनको बाटो बन्द भएको छ । दोस्रो बजारमा कारोबार हुने कम्पनीहरुको दोहोरो आइजीन व्यवस्था लागू हुने बाटो बलियो भएको छ ।'