उनकाअनुसार कतिपय जिल्लामा मनोनयन दर्ताको कार्य जारी नै रहेकोले यो संख्या बढ्नसक्ने बताए । उनकाअनुसार मनोनयन दर्ता गराउने महिलाको संख्या एकदमै न्युन रहेको छ । उनले मनोनयन दर्ता गराउनेमा २ हजार ३ सय ५२ जना पुरुष र ३ सय ३ जना मात्र महिला रहेको समेत बताए । उनले उम्मेदवारहरुको प्रारम्भिक नामावली मंगलवार साँझ ८ बजेभित्र प्रशासन हुने समेत जानकारी दिए।
उनले भने, ‘कतिपय जिल्लामा अहिले पनि मनोनयन दर्ताका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गर्ने कार्य जारी रहेको छ । हामीले केहीबेर अघिसम्मको तथ्यांक लिएर उपस्थित भएका छौँ । निर्वाचन असधकृतको कार्यालयबाट प्राप्त तथ्यांकअनुसार अहिलेसम्म जम्मा २ हजार ६ सय ५५ जनाले मनोनयन दर्ता गराउनुभएको छ । जसमध्ये पुरुषहरु २ हजार ३ सय ५२ जना रहनुभएको छ भने महिलाहरुको संख्या ३ सय ३ जना रहेको छ । यो संख्या केही बढ्नसक्ने छ । आज मनोनयन दर्ता गर्ने उम्मेदवारहरुको सन्दर्भमा मनोनयन दर्ता गर्दा निरन्तर चलिरह्यो भने ८ पनि बज्न सक्ला । ८ बजेभित्रमा उम्मेदवारको प्रारम्भिक सूची प्रकाशन गर्ने कार्यसूची रहेको छ ।’
उनले बुधवार कार्यालय समयभित्र उम्मेदवारमाथि दाबी विरोध गर्न सकिने कार्यसूची रहेको जानकारी दिए ।