कम्पनीले पहिलो पटक गत पुस २८ गते विहान ११ गते वार्षिक साधारण सभा बोलाएको थियो । सो समयमा पनि गणपुरक संख्या नपुगेकै कारण स्थगन भएको थियाे ।
स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन र सञ्चालक समिति गठन गर्ने सम्बन्धमा सभामा प्रस्ताव गरिदै थियो । निर्वाचन सहितको सभामा निर्वाचन अधिकृतले प्रोक्सीको विवरण सार्वजनिक नगरेपछि शेयरधनीहरु बीचमा विवाद सिर्जना भएको थियो ।
सभामा हाल कायम सञ्चालक समितिका पदाधिकारीहरु नै अनुपस्थित रहेको लगानीकर्ताको भनाई छ ।