मन्त्रिपरिषद् बैठक बस्दै, न्यायिक आयोगकाे म्याद थपिदै

Jan 22, 2026 02:17 PM merolagani



मन्त्रिपरिषद् बैठक आज बस्न लागेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा दिउँसो बैठक बस्न लागेको हो ।

बैठकले भदौ २३ र २४ गतेका घटनाको जाँचबुझ गर्न गठित न्यायिक आयोगको काम नसकिएपछि मन्त्रिपरिषद्‌बाट कम्तीमा दुई साताका निम्ति म्याद थप्न गर्न लागेकाे हाे । यसभन्दा पहिले नै एकपटक म्याद थपिसकिएको थियो । पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित जाँचबुझ आयोगलाई सुरुमा तीन महिना समय दिइएको थियो ।

 

आयोगले असोज ८ गतेदेखि काम थालेको हुनाले सुरुको म्याद पुस ९ गते सकिएको थियो भने मन्त्रिपरिषद्ले थपेको एक महिना म्याद माघ ८ मा सकिँदै छ । प्रतिवेदन लेखनको काम अझै बाँकी रहेकाले आयोगले दुई साताका थप म्याद मागेको हो ।




'जेनजी' शेयर चम्किँदा यी हुन सबैभन्दा सस्तो मूल्यका १० कम्पनी

Jan 18, 2026 06:18 PM

पछिल्लो समय नेप्सेमा सूचीकृत नयाँ कम्पनीको साथै फाइनान्स समूहमा सूचीकृत कम्पनीहरुको शेयर मूल्य बढिरहेका छन् । ‘जेनजी शेयर’को नाम दिएका नयाँ कम्पनी पछिल्लो समय सर्किट लागेर बढिरहेका छन् । आइतबारको बजारमा पनि सागर डिस्टिलरी र श्रीनगर एग्रीटेक इन्डष्ट्रिज १० प्रतिशत सर्किट लागेर बढे ।