शुक्रबार कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको बैठक, गगन थापालाई भावी प्रधानमन्त्रीका रुपमा अघि सारिने

Jan 22, 2026 03:26 PM merolagani



नेपाली कांग्रेसले शुक्रबार केन्द्रीय कार्यसमितिको बैठक डाकेको छ । 

पार्टीका सचिव प्रकाश शर्माले सूचना निकालेर माघ ९ गते शुक्रबार (भोलि) दिउँसो १ बजे केन्द्रीय कार्यसमिति बैठक बस्ने जानकारी गराएका हुन्।

विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमिति र प्रदेश कार्यसमिति सभापतिहरूलाई बैठकका लागि बोलाइएको हो। भोलि बस्ने केन्द्रीय कार्यसमिति बैठकले भावी प्रधानमन्त्रीको उम्मेदवारमा रुपमा पार्टी सभापति गगन थापालाई घोषणा गरेर चुनावमा होमिने कांग्रेसले जनाएको छ ।




'जेनजी' शेयर चम्किँदा यी हुन सबैभन्दा सस्तो मूल्यका १० कम्पनी

Jan 18, 2026 06:18 PM

पछिल्लो समय नेप्सेमा सूचीकृत नयाँ कम्पनीको साथै फाइनान्स समूहमा सूचीकृत कम्पनीहरुको शेयर मूल्य बढिरहेका छन् । ‘जेनजी शेयर’को नाम दिएका नयाँ कम्पनी पछिल्लो समय सर्किट लागेर बढिरहेका छन् । आइतबारको बजारमा पनि सागर डिस्टिलरी र श्रीनगर एग्रीटेक इन्डष्ट्रिज १० प्रतिशत सर्किट लागेर बढे ।