रेशम चौधरीको उम्मेदवारी खारेज

Jan 22, 2026 06:15 PM mero lagani



नाउपा नेपालका संरक्षक रेशम चौधरीको उम्मेदवारी खारेज भएको छ । उनीविरुद्ध परेको उजुरीमाथि छानबिन पछि निर्वाचन अधिकृतको कार्यालयले चौधरीको उम्मेदवारी खारेजीको निर्णय गरेको हो ।

उनी कैलाली क्षेत्र १ का उम्मेदवार हुन् ।

थरुहट आन्दोलनका क्रममा २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा हिंसात्मक झडप भएको थियो। सो क्रममा नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) लक्ष्मण न्यौपानेसहित ८ जना सुरक्षाकर्मी र एकजना नाबालकको विभत्स हत्या भएको थियो । उक्त घटनाको मुख्य योजनाकार रहेको अभियोगमा उनलाई कैलाली जिल्ला अदालतले २०७५ फागुन २२ गते उनलाई दोषी ठहर गर्दै १५ वर्ष कैद सजाय गरेको थियो ।

लामो समय फरार रहेर २०७४ को चुनावमा जेलभित्रैबाट चुनाव जितेका चौधरीले पछि अदालतमा आत्मसमर्पण गरेका थिए ।

सरकारले गरेको सिफारिस बमोजिम राष्ट्रपतिले आममाफी दिएर उनी रिहा भए । गणतन्त्र दिवसको अवसरमा उनलाई २०८० जेठ १५ गते रिहा गरिएको हो । संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिताको दफा १५९ अनुसार उनी रिहा भएका थिए ।


जन्मकैदको सजाय पाएका चौधरीलाई राष्ट्रपतिबाट माफी भएको देखिए पनि मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ को उपदफा ९१०० बमोजिम राष्ट्रपतिबाट माफी भएको कारणले अदालतको फैसला बदर हुने छैन भन्ने समेतको मौजुदा कानूनी व्यवस्था रहेको र निर्वाचन आयोगको मिति २०८०।११।२४ गतेको निर्णयबाट निज रेशमलाल चौधरी राजनीतिक दलको सदस्य समेत बन्न अयोग्य हुने निर्वाचन अधिकृत देवराज भारतीले गरेको निर्णय आदेशमा उल्लेख छ ।




'जेनजी' शेयर चम्किँदा यी हुन सबैभन्दा सस्तो मूल्यका १० कम्पनी

Jan 18, 2026 06:18 PM

पछिल्लो समय नेप्सेमा सूचीकृत नयाँ कम्पनीको साथै फाइनान्स समूहमा सूचीकृत कम्पनीहरुको शेयर मूल्य बढिरहेका छन् । ‘जेनजी शेयर’को नाम दिएका नयाँ कम्पनी पछिल्लो समय सर्किट लागेर बढिरहेका छन् । आइतबारको बजारमा पनि सागर डिस्टिलरी र श्रीनगर एग्रीटेक इन्डष्ट्रिज १० प्रतिशत सर्किट लागेर बढे ।