सातामा साढे २ प्रतिशतभन्दा बढी बढ्यो नेप्से, कुन उपसमूहको परिसूचक कति बढ्यो? कति घट्यो?

Jan 24, 2026 06:06 AM Merolagani



यस साता नेप्से परिसूचक साढे २ प्रतिशतभन्दा बढी बढेको छ। गत साता २६४१.४३ विन्दुमा बन्द भएको नेप्से, यस साता २.७७ प्रतिशत अर्थात ७३.१८ अंक बढेर २७१४.६१ विन्दुमा पुगेको छ।

यस साता ४ कारोबार दिनका लागि बजार खुलेको थियो। जसमध्ये ३ कारोबार दिन नेप्से बढेको थियो भने १ कारोबार दिन घटेको थियो।

यस साता सेन्सेटिभ इण्डेक्स १०.६९ अंक बढेको छ भने फ्लोट इण्डेक्स ५.७० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.९६ अंक बढेको छ।

नेप्सेसँगै यस साता कारोबार रकम पनि बढेको छ। गत साता दैनिक औषतमा ६ अर्ब ५५ करोड रुपैयाँको शेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औषतमा ९ अर्ब ५६ करोड रुपैयाँको शेयर किनबेच भएको छ। गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम ४५.८६ प्रतिशत बढेको हो। त्यस्तै, यस साता दैनिक औषत शेयर संख्या ६१ प्रतिशत बढेको छ भने दैनिक औषत कारोबार संख्या २९.५१ प्रतिशत बढेको छ।

यस साता नेप्सेको कुल बजार पूँजीकरण पनि साढे २ प्रतिशतभन्दा बढी बढेको छ। गत साताको अन्तिम कारोबार दिन ४४ खर्ब ३५ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता १ खर्ब २२ अर्ब रुपैयाँ बढेर ४५ खर्ब ५७ अर्ब रुपैयाँ पुगेको छ।

१३ उपसमूहमध्ये यस साता १२ उपसमूहको परिसूचक बढेको छ भने १ उपसमूहको परिसूचक घटेको छ। यस साता वित्त उपसमूहको परिसूचक सर्वाधिक ७.४८ प्रतिशत बढेको छ। गत साता २४२३.२६ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता १८१.२० अंक बढेर २६०४.४६ विन्दुमा पुगेको छ। अंकका आधारमा भने यस साता उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक ४२०.६० अंक बढेको छ। गत साता ८८२१.३१ विन्दुमा बन्द भएको सो उपसमूहको परिसूचक, यस साता ४.७७ प्रतिशत बढेर ९२४१.९१ विन्दुमा पुगेको छ।

यस साता व्यापार उपसमूहको परिसूचक सर्वाधिक १.६२ प्रतिशत घटेको छ। गत साता ३८१०.०० विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता ६१.६३ अंक घटेर ३७४८.३७ विन्दुमा झरेको छ। अंकका आधारमा पनि यस साता सोही उपसमूहको परिसूचक सबैभन्दा बढी घटेको छ।

यस साता श्रीनगर एग्रीटेक इण्डष्ट्रीजको शेयरमूल्य सर्वाधिक २७.१० प्रतिशत बढेको छ। गत साता १ हजार १०० रुपैयाँमा अन्तिम कारोबार भएको सो कम्पनीको शेयर यस साता १ हजार ३९८ रुपैयाँ १० पैसामा अन्तिम कारोबार भएको छ। त्यस्तै, यस एसवाई प्यानल नेपालको शेयरमूल्य साढे २३ प्रतिशत बढेको छ भने आँखु खोला जलविद्युत कम्पनीको शेयरमूल्य करिब साढे २० प्रतिशत बढेको छ। यस साता थ्रिस्टार हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ११.३३ प्रतिशत घटेको छ। अन्य स्टकहरुको मूल्य गिरावट दर भने ९ प्रतिशतभन्दा कम रहेको छ।

फ्लोरसिट विश्लेषण गर्दा यस साता साल्ट ट्रेडिङ्ग कर्पोरेशन, कुमारी धनवृद्धि योजना, फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लगायतका स्टकहरु मोस्ट पपुलर बाइ स्टक सूचीको शीर्ष स्थानमा रहेका छन् भने माथिल्लो मैलुङ्ग खोला जलविद्युत, एनएमबि लघुवित्त वित्तीय संस्था र भिजन लुम्बिनी उर्जा कम्पनी लगायतका स्टकहरु मोस्ट पपुलर सेल स्टक सूचीको शीर्ष स्थानमा रहेका छन्।




सोलु हाइड्रोपावरको आईपीओ बाँडफाँट

Jan 26, 2026 04:34 PM

सोलु हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । कम्पनीकाे शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा आईपीओ बाँडफाँट भएको हो।