२ प्रतिशतभन्दा बढी बढ्यो नेप्से, ९ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार

Jan 25, 2026 03:14 PM Merolagani



साताको पहिलो कारोबार दिन नेप्से परिसूचक उच्च अंक बढेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार सामान्य अंक बढेर बन्द भएको नेप्से, यस दिन २ प्रतिशभन्दा बढी बढेर बन्द भएको हो।

आइतबार नेप्से परिसूचक ५७.५५ अंक बढेर २७७२.१७ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ८.०५ अंक बढेको छ भने फ्लोट इण्डेक्स ३.९२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.८२ अंक बढेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। गत बिहीबार ९ अर्ब ७ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३३१ स्टकको १ लाख ३३ हजार ५२९ पटकको कारोबारमा १३ अर्ब ७८ कराड ५७ लाख २९ हजार रुपैयाँबराबरको ३ करोड ९ लाख १५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन ९ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन एसवाई प्यानल नेपाल, श्रीनगर एग्रीटेक, नेपाल माइक्रो इन्स्योरेन्स, बन्दीपुर केवबलकार, हिमस्टार उर्जा, माबिलुङ्ग इनर्जी, रिलायन्स फाइनान्स, आँखु खोला जलविद्युत कम्पनी र त्रिशुली जलविद्युत कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, यस दिन क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स र नेपाल वेयरहाउजिङ्गको शेयरमूल्य करिब १० प्रतिशत बढेको छ। कारोबारमा आएको १०.५० प्रतिशत एभरेष्ट बैंक लिमिटेड डिबेञ्चर २०८५ को मूल्य यस दिन सर्वाधिक ५.८० प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन आँखु खोला जलविद्युत कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ४३ करोड ५९ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। त्यस्तै, यस दिन ग्रीन भेन्चर्सको साढे ३९ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ भने शिवम् सिमेन्ट्सको कारोबार रकम ३२ करोड रुपैयाँ नाघेको छ।

यस दिन १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये होटल तथा पर्यटन उपसमूहको परिसूचक यस दिन सर्वाधिक ३.३५ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन जलविद्युत, लगानी, जीवन बीमा र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ।




सोलु हाइड्रोपावरको आईपीओ बाँडफाँट

Jan 26, 2026 04:34 PM

सोलु हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । कम्पनीकाे शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा आईपीओ बाँडफाँट भएको हो।