सिन्धु विकास बैंक नोक्सानीमा, वितरणयोग्य मुनाफा पनि ऋणात्मक

Jan 27, 2026 09:24 AM Merolagani



सिन्धु विकास बैंक लिमिटेड (SINDU) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार सो अवधिसम्ममा बैंक नोक्सानीमा रहेको छ।

चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा बैंकले १ करोड ५४ लाख रुपैयाँ नोक्सानीमा रहेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ४ करोड ८७ लाख रुपैयाँ नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी सामान्य बढेपनि इम्पेरमेन्ट चार्ज बढेका कारण बैंक नोक्सानीमा पुगेको हो।

समीक्षा अवधिमा बैंकको खुद ब्इाज आम्दानी ५ करोड ६६ लाख रुपैयाँबाट बढेर ५ करोड ८८ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, बैंकको खुद फि तथा कमिशन आम्दानी समीक्षा अवधिमा ५५ लाख रुपैयाँबाट बढेर ८६ लाख रुपैयाँ र कुल सञ्चालन आम्दानी ६ करोड ४८ लाख रुपैयाँबाट बढेर ६ करोड ९९ लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ८ करोड ६२ लाख रुपैयाँ इम्पेरमेन्ट चार्ज रिभर्स हुँदा नाफामा पुगेको यस बैंक, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा १७ लाख ८८ हजार रुपैयाँ इम्पेरमेन्ट चार्ज हुँदा नोक्सानीमा पुगेको हो।

पुस मसान्तसम्ममा बैंकको प्रतिशेयर आम्दानी ५ रुपैयाँ ५० पैसा ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ ९४ रुपैयाँ १९ पैसा रहेको छ। त्यस्तै, सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा २२ करोड ८५ लाख रुपैयाँ ऋणात्मक रहेको छ।

५५ करोड ७४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोष ३ करोड २३ लाख रुपैयाँ ऋणात्मक रहेको छ। दोस्रो त्रैमासको अन्त्यसम्ममा बैंकले ५ अर्ब ६६ करोड रुपैयाँ निक्षेप संकलन गरी ३ अर्ब २५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।




सोलु हाइड्रोपावरको आईपीओ बाँडफाँट

Jan 26, 2026 04:34 PM

सोलु हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । कम्पनीकाे शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा आईपीओ बाँडफाँट भएको हो।