उल्लेख्य बढ्यो मितेरी डेभलपमेन्ट बैंकको नाफा

Jan 27, 2026 01:00 PM Merolagani



मितेरी डेभलपमेन्ट बैंक लिमिटेड (MDB) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य बढेको छ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकले ५ करोड ७० लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १२०.२६ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ करोड ५८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

बैंकको खुद ब्याज आम्दानी बढेसँगै खुद नाफा पनि बढ्न पुगेको हो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ६८.४३ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी १९९.१२ प्रतिशत बढेको छ। त्यस्तै, बैंकको सञ्चालक आम्दानी ७५.८५ प्रतिशत र सञ्चालन मुनाफा १२०.२६ प्रतिशत बढेको छ। सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा ६ करोड ७९ लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी ११ रुपैयाँ १६ पैसा रहेको छ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ५ रुपैयाँ १२ पैसा बढेर ९ रुपैयाँ ३७ पैसा पुगेको छ। पुस मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात ६४.१० गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १३५ रुपैयाँ ९८ पैसा रहेको छ।

१ अर्ब २१ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ४३ करोड ७९ लाख रुपैयाँ सञ्चित छ। दोस्रो त्रैमासको अन्त्यसम्ममा बैंकले ८ अर्ब ३८ करोड रुपैयाँ निक्षेप संकलन गरी ६ अर्ब ५६ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।




सोलु हाइड्रोपावरको आईपीओ बाँडफाँट

Jan 26, 2026 04:34 PM

सोलु हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । कम्पनीकाे शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा आईपीओ बाँडफाँट भएको हो।