हिमपातका कारण मध्यपहाडी लोकमार्ग पूर्ण रुपमा अवरुद्ध

Jan 28, 2026 11:03 AM merolagani



भारी हिमपातका कारण मध्यपहाडी लोकमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । 

बागलुङ र पूर्वी रुकुमको सीमावर्ती क्षेत्र भूमे गाउँपालिका–१ स्थित पातीहाल्ने क्षेत्रमा झन्डै दुई फिटसम्म हिउँ जमेपछि मध्यपहाडी लोकमार्ग अवरुद्ध बनेको हो ।

सडक अवरुद्ध भएसँगै त्यस क्षेत्रमा यातायात सञ्चालन हुन सकेको छैन् । ​हिमपातसँगै त्यस क्षेत्रमा निरन्तर वर्षा भइरहेको छ। मौसम प्रतिकूलताका कारण सञ्चार सम्पर्क समेत विच्छेद भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रुकुम पूर्वले जनाएको छ ।

 

सडक अवरुद्ध भएपछि काठमाडौंबाट रुकुम पूर्व हुँदै रुकुम पश्चिम र डोल्पाका लागि हि‍ंडेका यात्रुबाहक बस तथा अन्य सवारी साधनहरू बीच बाटोमै रोकिएका छन्। चिसोका कारण सडकमा अलपत्र परेका यात्रुहरू बिचल्लीमा परेका छन् ।




सोलु हाइड्रोपावरको आईपीओ बाँडफाँट

Jan 26, 2026 04:34 PM

सोलु हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । कम्पनीकाे शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा आईपीओ बाँडफाँट भएको हो।