नक्कली भारतीय रुपैयाँसहित दुई जना पक्राउ

Jan 28, 2026 11:50 AM Merolagani



रौतहटको सीमावर्ती क्षेत्रमा नक्कली भारतीय रुपैयाँसहित दुई जना पक्राउ परेका छन् ।

सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म मुख्यालय गौरबाट खटिएको चेकपोस्ट टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका दुई जना भारतीय नागरिकलाई चेकजाँच गर्ने क्रममा शङ्कास्पद नोटसहित पक्राउ गरेको हो।

पक्राउ पर्नेमा भारत, जिल्ला सितामढी पर्सौनी बस्ने अन्दाजी ४२ वर्षीय राकेश कुमार साह र जिल्ला सितामढी सिभवर परिषद–४ बस्ने अन्दाजी ३० वर्षीय विक्रम कुमार पासवान रहेको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी रामहरि अधिकारीले बताए। उनीहरूले प्रयोग गरेको विआर ३० ए एफ ५७३१ नम्बरको मोटरसाइकल समेत बरामद गरिएको छ।

 

जाँचका क्रममा उनीहरूको साथबाट भारु २ हजार ५ सय रुपैयाँ बराबरका नक्कली जस्तो देखिने नोट फेला परेको सशस्त्र प्रहरीले जनाएको छ। बरामद रकममध्ये ५०० दरको १ थान र २०० दरको १० थान नोट रहेका छन्। शङ्कास्पद नोटसहित उनीहरूको साथबाट सक्कली भारु १७७ रुपैयाँ, मोटरसाइकल र दुई थान एन्ड्रोइड मोबाइल समेत बरामद गरिएको छ।

पक्राउ परेका दुवै जनालाई बरामद सामानसहित आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय रौतहटमा बुझाइएको सशस्त्र प्रहरीले जानकारी दिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

 




सोलु हाइड्रोपावरको आईपीओ बाँडफाँट

Jan 26, 2026 04:34 PM

सोलु हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । कम्पनीकाे शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा आईपीओ बाँडफाँट भएको हो।