रबि लामिछानेकाे स्वास्थ्य अवस्था सामान्यःअस्पताल

Jan 28, 2026 11:46 AM merolagani



राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रबि लामिछाने अस्पताल भर्ना भएका छन् ।

गत माघ ५ मा जनकपुरमा सम्पन्न कार्यक्रममा देव्रे खुट्टामा चोट लागेको तथा औषधी सेवन गर्दा पनि सञ्चो नभएर सेलुलाइटिस(संक्रमण) भएको कारणले उनी मंगलबार शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका हुन् ।

 

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका प्रवक्ता डा. गोपाल सेढाइका अनुसार उनको हाडजोर्नी विभागमा भर्ना भइ उपचार भइरहेकाे छ । 

उनको अहिले स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।




सोलु हाइड्रोपावरको आईपीओ बाँडफाँट

Jan 26, 2026 04:34 PM

सोलु हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । कम्पनीकाे शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा आईपीओ बाँडफाँट भएको हो।