यतिबेला उनी सुदूरपश्चिम भ्रमणमा छन् । पार्टीले उनलाई भावी प्रधानमन्त्रीका रूपमा प्रस्तुत गरेपछि उनको चर्चा झनै चुलिएको छ ।
बालेन आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा झापा क्षेत्र ५ बाट उम्मेदवार बनेका छन् । उनी नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग चुनावी प्रतिस्पर्धा गर्दै छन् ।