सभाले कम्पनीको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन, लेखापरिक्षकको प्रतिवेदन तथा वित्तीय विवरणहरु माथि विस्तृत छलफल गरी अनुमोदन गरेको छ। साथै आगामी आर्थिक वर्षका लागि लेखापरिक्षकको नियुक्ति तथा परिश्रमिक निर्धारण सम्वन्धि प्रस्ताव सभाबाट परित गरेको छ।
यसै गरी, दास्रो सत्र अन्तर्गत सभाको प्रमूख एजेन्डा अनुसार निर्वाचन अधिकृतको प्रत्यक्ष निगरानीमा कम्पनीको सञ्चालक समितिको निर्वाचन कम्पनी ऐन, २०६३ तथा नेपाल धितोपत्र बोर्डका प्रचलित नियम, निर्देशन र आचारसंहिता अनुरुप निष्पक्ष र पारदर्शी रुपमा सम्पन्न गरिएको छ। निर्वाचन परिणाम स्वरुप देहायका व्यक्तिहरु आगामी कार्यकालको लागि सञ्चालक समितिको सदस्यमा निर्वाचित भएका छन्ः
१. श्री रमेश प्रसाद तिवारी
२. श्री राम कृष्ण चौलागाई
३. श्री विकास बस्याल
निर्वाचित सञ्चालकहरुले निर्वाचन अधिकृत समक्ष पद तथा गोपनीयताको शपथ लिएका छन्। सभाका शेयरधनीहरुले कम्पनीको हालसम्म कार्य सम्पादन प्रति सन्तोष व्यक्त गर्दै आगामी दिनमा सेवाको गुणस्तर अभिवृद्धि, जोखिम व्यवस्थापन, कर्पोरेट सुशासन सुदृढीकरण तथा पूँजी बजारमा विश्वास वृद्धि गर्न आवश्यक सुझावहरु प्रस्तुत गरेका थिए।
नव निर्वाचित सञ्चालक समितिको सदस्यहरुले सञ्चालकको हैसियतले सम्वन्धित नियामक निकायहरुसँग समन्वय गरी कम्पनी, शेयरधनी, लगानीकर्ता तथा बजारको हितलाई सर्वोपरी मानी निष्पक्ष, पारदर्शी र सद्भावपूर्वक जिम्मेवारी र दिगो व्यवसायिक अभ्यासलाई निरन्तरता दिई आफ्नो कर्तव्य निर्वाह दिने प्रविबद्धता व्यक्त गरे।
सभामा धन्यवाद ज्ञापनसहित दोस्रो सत्रको अध्यक्षता ग्रहण गरेका राजेन्द्र कुमार शर्माले औपचारीक रुपमा सभा समापन गरेका थिए।