निर्वाचन आयोगका अनुसार हालसम्म १५ जिल्लाका १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकिएको हो।
आयोगका अनुसार मतपत्र छपाइको कार्य जनक शिक्षा सामग्री केन्द्र, भक्तपुरमा जारी छ। प्रत्यक्षतर्फ डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, सल्यान र जाजरकोट जिल्लाको मतपत्र छपाइ पूरा भएको छ। यस्तै दैलेखका निर्वाचन क्षेत्र नम्बर १ र २, सुर्खेतका क्षेत्र नम्बर १ र २, रुकुम पश्चिम, बाजुरा र अछामका क्षेत्र नम्बर १ र २, कैलाली क्षेत्र नम्बर १, झापा क्षेत्र नम्बर ५ तथा सुनसरी क्षेत्र नम्बर १ को मतपत्र छपाइ पनि सम्पन्न भइसकेको छ।
निर्वाचन आयोगका अनुसार नमुना मतपत्रतर्फ १० लाख ९८ हजार २०० प्रति छपाइ सम्पन्न भई सम्बन्धित निर्वाचन क्षेत्रमा पठाइसकिएको छ। त्यसैगरी समानुपातिकतर्फका दुई करोड आठ लाख ३० हजार मतपत्रको छपाइसमेत पूरा भएको आयोगले जनाएको छ।
आयोगले बाँकी जिल्लाका मतपत्र छपाइ कार्य पनि निर्धारित समयभित्र सम्पन्न गरी निर्वाचन तयारीलाई तीव्र बनाइने जनाएको छ।