एक महिना लामो स्वस्थानी व्रत समापन

Feb 01, 2026 10:17 AM Merolagani



पुस शुक्ल पूर्णिमादेखि सुरु भएको एक महिने स्वस्थानी व्रत आज विधिवत् रूपमा समापन गरिएको छ। 

हरेक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म सञ्चालन हुने माधवनारायण मेला आज बिहान भक्तपुरको हनुमानघाटस्थित त्रिवेणीधाममा स्नान तथा विशेष पूजा–आराधना गरी सम्पन्न गरिएको हो।

माधवनारायण व्रत बस्ने व्रतालुले व्रत सुरु हुनु अघिल्लो दिनदेखि निराहार बस्ने, बिहानै त्रिवेणीमा स्नान गरी चोखो जल तथा पूजा सामग्री प्रयोग गरी पूजा गर्ने परम्परा रहेको छ। साथै शङ्ख जल ग्रहण गरी मन्त्रोच्चारण गर्ने, शङ्ख जल ग्रहणपछि कसैलाई नछुने र जुत्ता नलगाउने धार्मिक मान्यता छ।

स्कन्द पुराणअन्तर्गत केदार खण्डको माघ माहात्म्यमा उल्लेखित कुमार र अगस्त्य ऋषिबीचको संवादलाई स्वस्थानी कथाका रूपमा वाचन तथा श्रवण गर्ने कामसमेत यस वर्षको लागि समाप्त गरिएको छ।




अन्तर्राष्ट्रिय बजारमा सुन-चाँदीको मूल्यमा ऐतिहासिक 'क्र्यास': आइतबार नेपालको बजारमा के होला ?

Jan 31, 2026 11:51 AM

अन्तर्राष्ट्रिय कमोडिटी बजारमा शुक्रवार सुन र चाँदीको मूल्यमा दशकौँयताकै सबैभन्दा ठुलो र ऐतिहासिक गिरावट आएको छ। शुक्रवारको अन्तिम कारोबारमा चाँदीको फ्युचर्स मूल्य ३१.४ प्रतिशतले घटेर प्रति औँस ७८.५३ डलरमा झरेको छ।