१ लाख नगदसहित ५ जना जुवाडे पक्राउ

Feb 01, 2026 11:32 AM Merolagani



नेपालगञ्ज उपमहानगरपालिका–१३ महापुर्वामा जुवातास खेलिरहेको अवस्थामा ३७ वर्षीय सन्तोष कुमार गोडियासहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले शुक्रबार बेलुकी गोडियाको टहरामा छापा मारेर उनीहरूलाई पक्राउ गरेको हो। प्रहरीले उनीहरूको साथबाट नगद १ लाख १० हजार ७ सय ४५ रुपैयाँ र एक बुक तास बरामद गरेको जनाएको छ।

यस घटनासम्बन्धी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ।




अन्तर्राष्ट्रिय बजारमा सुन-चाँदीको मूल्यमा ऐतिहासिक 'क्र्यास': आइतबार नेपालको बजारमा के होला ?

Jan 31, 2026 11:51 AM

अन्तर्राष्ट्रिय कमोडिटी बजारमा शुक्रवार सुन र चाँदीको मूल्यमा दशकौँयताकै सबैभन्दा ठुलो र ऐतिहासिक गिरावट आएको छ। शुक्रवारको अन्तिम कारोबारमा चाँदीको फ्युचर्स मूल्य ३१.४ प्रतिशतले घटेर प्रति औँस ७८.५३ डलरमा झरेको छ।