गण्डकी प्रदेशमा राइड सेयरिङ सेवा उपलब्ध गराउने दुई पाङ्ग्रे सवारी साधनको दर्ता र इजाजत अनिवार्य

Feb 01, 2026 04:51 PM merolagani



गण्डकी प्रदेशमा पनि अबदेखि दुई पाङ्ग्रे सवारी साधनले यात्रुवाहक सवारीको रुपमा दर्ता गर्नुपर्ने भएको छ ।

प्रदेश सरकारले खासगरी, राइड सेयरिङ सेवा उपलब्ध गराउने दुई पाङ्ग्रे सवारी साधनको दर्ता र इजाजत अनिवार्य गरेको हो ।

गण्डकी प्रदेश सरकारले ‘गण्डकी प्रदेश राईड सेयरिङ (नियमन र व्यवस्थापन) नियमावली, २०८२’ संशोधन गर्दै उक्त व्यवस्था गरेको हो । गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले माघ १५ गते यो नियमावली राजपत्रमा प्रकाशित गरेको थियो ।

‘राईड सेयरिङ सवारी भन्नाले अनलाईन प्रणालीको प्रयोग गरी राईड सेयरिङ सेवा सञ्चालन गर्न यात्रुबाहक सवारीको रुपमा यातायात कार्यालयबाट इजाजत प्राप्त दुई पाङ्ग्रे निजी र पाँच सिट भएको चार पाङ्ग्रे सार्वजनिक सवारी साधन सम्झनु पर्छ । राईड सेयरिङ सेवा भन्नाले अनलाइन प्रणालीको प्रयोग गरी राईड सेयरिङ सवारी साधन मार्फत यात्रु ओसारपसार गर्ने कार्य सम्झनु पर्छ,' संशोधित नियमावलीमा उल्लेख छ ।

पहिलो संशोधित नियमावली अनुसार, अब दुई पाङ्ग्रे सवारीले पनि रुट परमिट (बाटो ईजाजत) लिनुपर्ने व्यवस्था गरेको छ ।




अन्तर्राष्ट्रिय बजारमा सुन-चाँदीको मूल्यमा ऐतिहासिक 'क्र्यास': आइतबार नेपालको बजारमा के होला ?

Jan 31, 2026 11:51 AM

अन्तर्राष्ट्रिय कमोडिटी बजारमा शुक्रवार सुन र चाँदीको मूल्यमा दशकौँयताकै सबैभन्दा ठुलो र ऐतिहासिक गिरावट आएको छ। शुक्रवारको अन्तिम कारोबारमा चाँदीको फ्युचर्स मूल्य ३१.४ प्रतिशतले घटेर प्रति औँस ७८.५३ डलरमा झरेको छ।