समय अनुसारको आवश्यकता र मागहरूलाई सम्बोधन गर्दै बैंकले ग्राहक महानुभावहरूमाझ प्रतिस्पर्धी ब्याजदरमा ‘गोल्ड लोन’ योजना सार्वजनिक गरेको हो ।

यस योजना अन्तर्गत ग्राहक महानुभावहरुले रू. ५० लाखसम्मको कर्जा रकम प्राप्त गर्न सक्नुहुनेछ । औषत आधार दरमा १ देखि ३ प्रतिशतसम्मको प्रिमियम सुविधा सहितको प्रतिस्पर्धी ब्याजदरमा सुनको बार (Gold Bar)तथा सुनका गरगहना धितो राखेर बजार मूल्यको अधिकतम ७० प्रतिशतदेखि ८० प्रतिशतसम्मको कर्जा प्राप्त गर्न सक्नेछन् । साथै, यस कर्जा योजना अन्तर्गत गरगहना खरिद गर्नका लागि पनि कर्जा प्राप्त गर्न सकिने सुविधा बैंकले उपलब्ध गराएको छ । ग्राहक महानुभावहरुले यस योजना अन्तर्गतको कर्जा तोकिएका विभिन्न शाखाहरुबाट प्राप्त गर्न सक्नेछन् ।
ग्राहक महानुभावहरूलाई सहज रुपमा कर्जा प्रदान गर्ने र कर्जा सम्बन्धी सल्लाह, सुझाव तथा गुनासो एवं जिज्ञासा आदिको उचित समयमा प्रभावकारी तवरले समाधान तथा निराकरण गर्ने हेतुले एकद्वार प्रणालीको व्यवस्था अनुरुप बैंकले ‘कर्जा सहायता केन्द्र’को समेत स्थापना गरेको बैंकले जनाएकाे छ ।