सुन र चाँदीको मूल्यमा दैनिक भारि गिरावट

Feb 02, 2026 11:00 AM Merolagani



माघ १९ गते, सोमबार, नेपाली बजारमा सुन र चाँदीको मूल्यमा भारी गिरावट भएको छ । यस दिन सुन प्रतितोला १३ हजार ४०० रुपैयाँ र चाँदीको मूल्य तोलामा ३०० रुपैयाँले घटेको हो ।

पछिल्लो तीन दिनदेखि सुन र चाँदीको मूल्यमा निरन्तर भारि गिरावट भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८६ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । आईतबारको बजारमा सुनको मूल्य प्रतितोला ३ लाख रुपैयाँमा कारोबार भएको थियो ।

C7#

यस दिन चाँदीको मूल्य तोलामा ३०० रुपैयाँले घटेको छ । आजको बजारमा चाँदी प्रतितोला ५ हजार २०० रुपैयाँमा खरिद बिक्री भइरहेको छ । आईतबारको बजारमा चाँदी प्रतितोला ५ हजार ५०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।




अन्तर्राष्ट्रिय बजारमा सुन-चाँदीको मूल्यमा ऐतिहासिक 'क्र्यास': आइतबार नेपालको बजारमा के होला ?

Jan 31, 2026 11:51 AM

अन्तर्राष्ट्रिय कमोडिटी बजारमा शुक्रवार सुन र चाँदीको मूल्यमा दशकौँयताकै सबैभन्दा ठुलो र ऐतिहासिक गिरावट आएको छ। शुक्रवारको अन्तिम कारोबारमा चाँदीको फ्युचर्स मूल्य ३१.४ प्रतिशतले घटेर प्रति औँस ७८.५३ डलरमा झरेको छ।