चालु आर्थिक वर्षको ६ महिनामा लघुवित्तको नाफा ७१.६६ प्रतिशत भन्दा बढीले बढेको छ । यस अवधिमा लघुवित्तले ४ करोड ४७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको यसै अवधिमा लघुवित्तले २ करोड ६० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
लघुवित्तको खुद ब्याज आम्दानीसँगै सञ्चालन मुनाफामा वृद्धि हुँदा नाफामा बढोत्तरी भएको हो । यस्तै समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी २८.९६ प्रतिशतले बढ्दै १९ करोड ७७ लाख रुपैयाँ पुगेको छ । त्यसैगरी, लघुवित्तको खुद सञ्चालन आम्दानी १९ करोड ७८ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको यसै अवधिमा लघुविको सञ्चालन आम्दानी १७ करोड ४० लाख रुपैयाँ थियो । समीक्षा अवधिमा लघुवित्तले २ करोड १९ लाख रुपैयाँ इम्पेयरमेन्ट चार्जका लागि छुट्टाएको छ ।
C7#
३४ करोड १० लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको रिटेन्ड अर्निङमा घटेर ३ करोड ५६ लाख रुपैयाँ छ भने जगेडा कोषमा १४ करोड ८५ लाख रुपैयाँ पुगेको छ ।
समीक्षा अवधिसम्ममा एक अर्ब १७ करोड रुपैयाँ निक्षेप संकलन गरेको लघुवित्तले अन्य बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर ४ अर्ब ९९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । सार्वजनिक गरेको वित्तीय विवरण अनुसार लघुवित्तको प्रतिशेयर आम्दानी २६ रुपैयाँ २४ पैसा छ भने प्रतिशेयर नेटवर्थ १४२ रुपैयाँ २२ पैसा छ ।