वैदेशिक हुलाक भन्सार शाखामा कार्यरत अधिकृत न्यौपाने, सोही कार्यालयका कार्यालय सहयोगी गणेशप्रसाद पुडासैनी र गोश्वरा हुलाक कार्यालय, पार्सल (निकासी) शाखामा कार्यरत नायब सुब्बा छविप्रसाद रिजाल सहितका कर्मचारीले सेवाग्राहीसँग घुस मागेको भन्ने उजुरी परेपछि अख्तियारले उनीहरूमाथि निगरानी बढाएको थियो । उनीहरूका साथबाट २३ थान मोबाइल पनि नियन्त्रणमा लिइएको छ ।
C7#
अख्तियारको टोलीले पुडासैनीको कार्यकक्षमा रहेको टेबुलको घर्राबाट घुसबापत लिइसकेको १० हजार, सोही घर्राबाट स्रोत नखुलेको ४० हजार ३५० र उनको साथबाट स्रोत नखुलेको ९६ हजार ७० गरी कुल एक लाख ४६ हजार ४२० रुपैयाँ बरामद गरेको छ ।
रिजालको साथबाट घुसबापत लिइसकेको २० हजार र स्रोत नखुलेको १८ हजार ८४८ गरी कुल ३८ हजार ८४८ र अन्य स्रोत नखुलेको रकम समेत गरी दुई लाख ६८ हजार २८८ रुपैयाँ बरामद गरिएको अख्तियारले जनाएको छ । उनीहरूमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।