चुनावमा एक थोपा पनि रगत बग्नु हुँदैनः प्रधानमन्त्री कार्की

Feb 02, 2026 02:17 PM Merolagani



प्रधानमन्त्री सुशीला कार्कीले आसन्न निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र विश्वसनीय वातावरणमा सम्पन्न गराउनका लागि नेपाल प्रहरीको भुमिका संवेदनशील र निर्णायक हुने बताएकी छन् । सोमवार काठमाडाैंमा आयोजित नेपाल प्रहरी निरीक्षकहरुको दीक्षान्त समारोहमा बोल्दै उनले सो कुरा बताएकी हुन् ।

प्रधानमन्त्री कार्कीले आसन्न निर्वाचनलाई उत्तरदायी लोकतान्त्रिक यात्राको कोशेढुंगाको संज्ञा दिँदै त्यसलाई सुनिश्चित गर्नु राज्यको दायित्व भएको तथ्य पनि स्मरण गराइन् । उनले आसन्न निर्वाचन नेपाली लोकतन्त्रको एउटा उदाहरणीय र मानक बन्नुपर्ने समेत बताइन् । प्रधानमन्त्री कार्कीले निर्वाचनमा कुनैपनि नागरिक घाइते हुन नहुनेतर्फ पनि प्रहरीहरुलाई सचेत गराइन्।

C7#

उनले भनिन्,‘आसन्न फागुन २१ को निर्वाचन हाम्रो उत्तरदायी लोकतान्त्रिक यात्राको एक कोशेढुंगा हो । स्वतन्त्र, निष्पक्ष र विश्वसनीय वातावरणमा निर्वाचन सुनिश्चित गर्नु राज्यको दायित्व हो । जसमा नेपाल प्रहरीको भुमिका अत्यन्त संवेदनशील र निर्णायक हुन्छ । यस सन्दर्भमा म तपाईहरुलाई आग्रह गर्दछु–कुनै राजनीतिक प्रभाव, दवाव वा पूर्वाग्रहबाट माथि उठेर कानूनको मर्मअनुसार आफनो जिम्मेवारी पूरा गर्नुहोस । तपाईहरुको निष्पक्षताले लोकतन्त्रको सुरक्षाकवज हो । यसै सन्दर्भमा मैले भन्ने गरेको एउटा कुरा यहाँ दोहोर्याउन चाहन्छु–यो चुनाव नेपाली लोकतन्त्रको एउटा उदाहरणीय र मानक बन्नु बन्नुपर्दछ । चुनावमा एक थोपा पनि रगत बग्नु हुँदैन । एक जना पनि घाइते हुनुहुँदैन । र साथसाथै यसमा पनि प्रष्ट हुनुहोस्–तपाईहरुले कर्तव्य पालनाको सिलशिलामा सबै व्यवसायिक क्रियाकलापको जिम्मा राज्यले लिन्छ ।’

प्रधानमन्त्री कार्कीले प्रहरीहरुलाई कुनैपनि राजनीतिक दबाब, प्रभाव र पूर्वाग्रहभन्दा माथि उठेर काम गर्न पनि निर्देशन दिइन् ।




अन्तर्राष्ट्रिय बजारमा सुन-चाँदीको मूल्यमा ऐतिहासिक 'क्र्यास': आइतबार नेपालको बजारमा के होला ?

Jan 31, 2026 11:51 AM

अन्तर्राष्ट्रिय कमोडिटी बजारमा शुक्रवार सुन र चाँदीको मूल्यमा दशकौँयताकै सबैभन्दा ठुलो र ऐतिहासिक गिरावट आएको छ। शुक्रवारको अन्तिम कारोबारमा चाँदीको फ्युचर्स मूल्य ३१.४ प्रतिशतले घटेर प्रति औँस ७८.५३ डलरमा झरेको छ।