तेस्रो पटक बोलाएको कम्पनीको १९ औ वार्षिक साधारणसभामा भने वास्तविक शेयरधनीहरु सहभागी हुन पाएनन् ।
कारण, कम्पनी सञ्चालक समितिका पदाधिकारी र शेयरधनीबीच विगतदेखिको विवाद निरुपण नभइ साधारण सभा सम्पन्न गरिएको छ । शेयरधनीहरुका अनुसार, कम्पनीभित्रका बदमासी लुकाउन वास्तविक शेयरधनीलाई बाहिर नै राखेर साधारण सभा गरिएको हो ।
कम्पनीका एक शेयरधनीले बताएअनुसार, कम्पनीको सबैभन्दा बढी संस्थागत लगानीकर्ता एभरेष्ट भेन्चर्सलगायत धेरै वास्तविक शेयरधनीलाई साधारणसभा स्थल प्रवेशमा रोक लगाइएको थियो । बाहिरबाट बाउन्सर र गुण्डाहरु बोलाएर कम्पनी सञ्चालकले साधारण सभा गरेका थिए ।

साधारणसभास्थल बौद्ध हेरिटेड पार्टी प्यालेसमा पुग्दा वास्तविक शेयरधनीलाई भित्र पस्न नदिएको र कम्पनीले आफ्नो बदमासी लुकाउन यस्तो हर्कत गरेको एक शेयरधनीले बताए । उनले भने, ‘हामी धेरै शेयरधनीलाई भित्र छिराइएन । बाहिरबाट गुण्डा लगाएर र बाउन्सर राखेर साधारणसभा गरियो । हामी वास्तविक शेयरधनीले साधारणसभामा उपस्थिति जनाउन पाएनौं ।’
ती शेयरधनीले कम्पनीले गैरकानुनी रुपमा साधारणसभा गरे पनि त्यसको कानुनी प्रक्रिया अनुसार आफुहरु अघि बढ्ने बताए । ‘जसरी कम्पनीले वास्तविक शेयरधनीलाई बाहिरै राखेर गैरकानुनी रुपमा साधारणसभा गर्यो । हामी त्यसको प्रतिवाद गछौं । कानुनी प्रक्रिया अनुसार अघि बढ्छाैं’ उनले मेरोलगानीसँग भने ।
C7#
यसअघि दोस्रोपटक साधारणसभा स्थगन हुँदा अधिकांश शेयरधनीहरुले विभिन्न नियमनकारी निकायलाई विवाद समाधानका लागि हार गुहार गरेका थिए । पछिल्लो पटक गरिएको गैरकानुनी साधारणसभाको निर्णय वास्तविक शेयरधनीहरुलाई थाहा नै नभएको र नमान्ने उनीहरुको दाबी छ ।