६ महिनामा भित्रियो साढे १० खर्ब रेमिट्यान्स, पुस महिनामा मात्रै १९२ अर्ब

Feb 02, 2026 06:17 PM Merolagani



चालु आवको पहिलो ६ महिनामा साढे १० खर्ब रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आावको पहिलो ६ महिनामा रेमिट्यान्स गत वर्षको सोही अवधिको तुलनामा ३९.१ प्रतिशतले बढेर १० खर्ब ६२ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ ।

अघिल्लो वर्षको पहिलो ६ महिनामा रेमिट्यान्स ४.२ प्रतिशतले बढेको थियो । २०८२ पुस महिनामा १ खर्ब ९२ अर्ब ६२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह १ खर्ब २२ अर्ब ४४ करोड रहेको थियो ।

पुस मसान्तसम्म भित्रिएको रेमिट्यान्स रकमलाई डलरमा गणना गर्दा ७ अर्ब ५० करोड डलर पुगेको छ जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३२.३ प्रतिशतले बढी हो । अघिल्लो वर्ष डलरमा रेमिटयान्स २.७ प्रतिशतले बढेको थियो। समीक्षा अवधिमा खुद ट्रान्सफर ११ खर्ब ६८ अर्ब २ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ८ खर्ब ३३ अर्ब ८६ करोड रहेको थियो ।

त्यस्तै समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या २ लाख ६ हजार ८०७ र पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ९४ हजार ७३३ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः २ लाख ३० हजार ४३९ र १ लाख ६२ हजार ६२८ रहेको थियो ।




अन्तर्राष्ट्रिय बजारमा सुन-चाँदीको मूल्यमा ऐतिहासिक 'क्र्यास': आइतबार नेपालको बजारमा के होला ?

Jan 31, 2026 11:51 AM

अन्तर्राष्ट्रिय कमोडिटी बजारमा शुक्रवार सुन र चाँदीको मूल्यमा दशकौँयताकै सबैभन्दा ठुलो र ऐतिहासिक गिरावट आएको छ। शुक्रवारको अन्तिम कारोबारमा चाँदीको फ्युचर्स मूल्य ३१.४ प्रतिशतले घटेर प्रति औँस ७८.५३ डलरमा झरेको छ।