साढे ३२ खर्ब विदेशी मुद्रा थुप्रियो, १८.१ महिनाको वस्तु तथा सेवा आयातको लागि पर्याप्त

Feb 02, 2026 06:31 PM MeroLagani



चालु आवको आधा समय सकिँदासम्म नेपालसँग ३२ खर्ब ४२ अर्ब ४५ करोड रुपैयाँ बराबरको विदेशी मुद्रा सञ्चिति रहेको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत ६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने विदेशी मुद्रा सञ्चिति गर्ने लक्ष्य राखे पनि यो सञ्चिति लक्ष्य भन्दा झन्डै तीन गुणा बढी हो ।

राष्ट्र बैंकको अनुसार २०८२ असार मसान्तमा नेपालसँग २६ खर्ब ७७ अर्ब ६८ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति पुस मसान्तसम्म आइपुग्दा २१.१ प्रतिशतले बढेर ३२ खर्ब ४२ अर्ब ४५ करोड रुपैयाँ पुगेको हो । अमेरिकी डलरमा गणना गर्दा विदेशी मुद्रा सञ्चिति २०८२ असार मसान्तमा १९ अर्ब ५० करोड रहेकोमा २०८२ पुस मसान्तमा १५.२ प्रतिशतले वृद्धि भई २२ अर्ब ४७ करोड पुगेको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकसँग २८ खर्ब ८४ अर्ब ८ करोड रहेको छ भने बैंक तथा वित्तीय संस्थासँग ३ खर्ब ५८ अर्ब ३७ करोड रहेको छ । नेपालमा दुई तिहाई भन्दा बढी व्यापार भारतसँग हुने हुँदा नेपालले कुल विदेशी मुद्रा सञ्चितिमा भारतीय मुद्राको अंश २२.३ प्रतिशत रहेको केन्द्रीय बैंकले जनाएको छ ।

आर्थिक वर्ष २०८२/८३ को छ महिनासम्मको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति २१.४ महिनाको वस्तु आयात र १८.१ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको छ ।




अन्तर्राष्ट्रिय बजारमा सुन-चाँदीको मूल्यमा ऐतिहासिक 'क्र्यास': आइतबार नेपालको बजारमा के होला ?

Jan 31, 2026 11:51 AM

अन्तर्राष्ट्रिय कमोडिटी बजारमा शुक्रवार सुन र चाँदीको मूल्यमा दशकौँयताकै सबैभन्दा ठुलो र ऐतिहासिक गिरावट आएको छ। शुक्रवारको अन्तिम कारोबारमा चाँदीको फ्युचर्स मूल्य ३१.४ प्रतिशतले घटेर प्रति औँस ७८.५३ डलरमा झरेको छ।