प्रि ओपन सेसन अपडेटः सामान्य अंक घट्यो नेप्से

Feb 03, 2026 10:53 AM Merolagani



मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंक घटेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन अर्थात सोमबार १.५३ अंक बढेर २६९५.७३ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.६१ अंक घटेर २६९५.११ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.४९ अंक बढेको छ।

मंगलबार प्रि ओपन सेसनमा ६२ स्टकको ११५ पटकको कारोबारमा ४२ लाख ५६ हजार ४५१ रुपैयाँ १० पैसाबराबरको ७ हजार ६८ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये २७ स्टकको मूल्य बढेको छ भने ३२ स्टकको मूल्य घटेको छ। बाँकी ३ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।




अन्तर्राष्ट्रिय बजारमा सुन-चाँदीको मूल्यमा ऐतिहासिक 'क्र्यास': आइतबार नेपालको बजारमा के होला ?

Jan 31, 2026 11:51 AM

अन्तर्राष्ट्रिय कमोडिटी बजारमा शुक्रवार सुन र चाँदीको मूल्यमा दशकौँयताकै सबैभन्दा ठुलो र ऐतिहासिक गिरावट आएको छ। शुक्रवारको अन्तिम कारोबारमा चाँदीको फ्युचर्स मूल्य ३१.४ प्रतिशतले घटेर प्रति औँस ७८.५३ डलरमा झरेको छ।