अमेरिकी नौसैनिक नाकाबन्दीको सम्भावनाबारे बोल्दै उनले इरानलाई नाकाबन्दी गर्न नसकिने बताए । यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विमानवाहक युद्धपोत अब्राहम लिंकनको नेतृत्वमा विशाल सैन्य समूह इरानतर्फ बढिरहेको र तेहरानलाई सम्झौताका लागि समय घर्किदै गएको चेतावनी दिएका थिए।
इरानी सर्वोच्च नेता अली खामेनीले पनि अमेरिकाले युद्ध शुरु गरेमा त्यो क्षेत्रीय स्तरमा फैलिने बताए । उनका वरिष्ठ सल्लाहकार अली शामखानीले जुनसुकै तहको अमेरिकी सैन्य कारबाहीलाई युद्धको घोषणा मानिने र त्यसको तत्काल तथा अभूतपूर्व जवाफ दिइने स्पष्ट पारे ।