सूर्यकुण्डकाे आईपीओमा ओइरिए लगानीकर्ता, मागभन्दा ४१ गुणा बढी आवेदन

Feb 03, 2026 06:13 PM merolagani



सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) मा लगानीकर्ताहरूको उत्साहजनक आकर्षण देखिएको छ।

सिडिएस एण्ड क्लियरिङ लिमिटेडको पछिल्लो तथ्याङ्क अनुसार मंगलबार साँझ ५ बजेसम्ममा कम्पनीको आईपीओमा मागभन्दा ४१.०६ गुणा बढी आवेदन परेको छ।

कम्पनीले सर्वसाधारणका लागि कुल ५ लाख ७२ हजार ४३१ कित्ता शेयर निष्कासन गरेकोमा आज साँझसम्ममा २० लाख ४९ हजार २८५ जना आवेदकले कुल २ करोड ३५ लाख ४ हजार ३७० कित्ताका लागि आवेदन दिएका छन्। यो आवेदन सङ्ख्या निष्कासित शेयर कित्ताको तुलनामा ४१ गुणाभन्दा बढी हो।

लगानीकर्ताहरूले कुल २ अर्ब ३५ करोड ४ लाख ३७ हजार रुपैयाँ बराबरको शेयर माग गरेका छन्। फेब्रुअरी १ (माघ १९ गते) बाट निष्कासन खुला गरिएको यस आईपीओमा आवेदन दिने म्याद भोलि, फेब्रुअरी ४ (माघ २१ गते) सम्म रहेको छ।

मागभन्दा अत्यधिक बढी आवेदन परेका कारण यो शेयर गोला प्रथा  बाट मात्र बाँडफाँट हुने निश्चित भएको छ। गोला प्रथाबाट बाँडफाँट गर्दा भाग्यमानी ५७ हजार २४३ जना आवेदकले मात्र १०–१० कित्ताका दरले शेयर हात पार्नेछन् भने बाँकी झण्डै २० लाख आवेदकको हात खाली हुने देखिन्छ।

कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी कुमारी क्यापिटल लिमिटेडले सम्हालिरहेको छ। शेयर बजारमा पछिल्लो समय जलविद्युत कम्पनीहरूको आईपीओमा लगानीकर्ताको आकर्षण बढ्दो क्रममा रहेको यस तथ्याङ्कले पुनः पुष्टि गर्छ।




अन्तर्राष्ट्रिय बजारमा सुन-चाँदीको मूल्यमा ऐतिहासिक 'क्र्यास': आइतबार नेपालको बजारमा के होला ?

Jan 31, 2026 11:51 AM

अन्तर्राष्ट्रिय कमोडिटी बजारमा शुक्रवार सुन र चाँदीको मूल्यमा दशकौँयताकै सबैभन्दा ठुलो र ऐतिहासिक गिरावट आएको छ। शुक्रवारको अन्तिम कारोबारमा चाँदीको फ्युचर्स मूल्य ३१.४ प्रतिशतले घटेर प्रति औँस ७८.५३ डलरमा झरेको छ।