सूर्यज्योति लाइफ इन्स्योरेन्सको नाफा सामान्य बढ्यो

Feb 04, 2026 09:45 AM Merolagani



सूर्यज्योति लाइफ इन्स्योरेन्स लिमिटेड (SJLIC) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार इन्स्योरेन्सको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य बढेको छ।

चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा इन्स्योरेन्सले २० करोड १८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २.९२ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा इन्स्योरेन्सले १९ करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा इन्स्योरेन्सको खुद आर्जित बीमाशुल्क १४.६३ प्रतिशत र कुल आम्दानी १०.०३ प्रतिशत बढेको छ। त्यस्तै, इन्स्योरेन्सको कुल दाबी भुक्तानी ११.३४ प्रतिशत बढेको छ भने कुल खर्च १०.७४ प्रतिशत बढेको छ।

नाफासँगै इन्स्योरेन्सको प्रतिशेयर आम्दानी पनि सामान्य बढेको छ। समीक्षा अवधिमा इन्स्योरेन्सको यस्तो आम्दानी २३ पैसा बढेर ८ रुपैयाँ ६ पैसा पुगेको छ। पुस मसान्तसम्ममा इन्स्योरेन्सको प्रतिशेयर नेटवर्थ १२३ रुपैयाँ ३३ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ५५.६९ गुणा रहेको छ।

५ अर्ब १ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस इन्स्योरेन्सको महाविपत्ती कोषमा ४४ करोड २ लाख रुपैयाँ, रिटन्ड अर्निङ्गमा ४५ करोड २९ लाख रुपैयाँ र अन्य इक्विटीमा २७ करोड ६० लाख रुपैयाँ सञ्चित छ।




अन्तर्राष्ट्रिय बजारमा सुन-चाँदीको मूल्यमा ऐतिहासिक 'क्र्यास': आइतबार नेपालको बजारमा के होला ?

Jan 31, 2026 11:51 AM

अन्तर्राष्ट्रिय कमोडिटी बजारमा शुक्रवार सुन र चाँदीको मूल्यमा दशकौँयताकै सबैभन्दा ठुलो र ऐतिहासिक गिरावट आएको छ। शुक्रवारको अन्तिम कारोबारमा चाँदीको फ्युचर्स मूल्य ३१.४ प्रतिशतले घटेर प्रति औँस ७८.५३ डलरमा झरेको छ।