एयर इन्डिया र इन्डिगो विमानका पखेटा ठोक्किए

Feb 04, 2026 12:27 PM Merolagani



भारतको मुम्बई विमानस्थलमा एयर इन्डिया र इन्डिगो एयरका पखेटा एकापसमा ठोक्किएका छन् ।यात्रुवाहक दुवै एयरलाइन्सले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै यस घटनाको पुष्टि गरेको इकोनोमिक टाइम्सले जनाएको छ ।

यो घटना मंगलबार हैदराबादबाट मुम्बई आएको इन्डिगोको उडान नम्बर ‘६ई ७९१’ र मुम्बईबाट कोयम्बतुर प्रस्थान गर्ने तयारीमा रहेको एयर इन्डियाको उडान नम्बर ‘एआई २७३२’ बीच भएको हो । इन्डिगोको विमान अवतरणपछि ट्याक्सी–वेमा गुडिरहेको थियो भने एयर इन्डियाको विमान उडान भर्नुअघि ट्याक्सी–वेमा पालो पर्खेर बसिरहेको थियो ।




अन्तर्राष्ट्रिय बजारमा सुन-चाँदीको मूल्यमा ऐतिहासिक 'क्र्यास': आइतबार नेपालको बजारमा के होला ?

Jan 31, 2026 11:51 AM

अन्तर्राष्ट्रिय कमोडिटी बजारमा शुक्रवार सुन र चाँदीको मूल्यमा दशकौँयताकै सबैभन्दा ठुलो र ऐतिहासिक गिरावट आएको छ। शुक्रवारको अन्तिम कारोबारमा चाँदीको फ्युचर्स मूल्य ३१.४ प्रतिशतले घटेर प्रति औँस ७८.५३ डलरमा झरेको छ।