नेता पोखरेलले एमालेमाथि भइरहेको षड्यन्त्रलाई हाबी हुन नदिने गरी पार्टीको आन्तरिक एकतालाई सुदृढ बनाउने काम भइरहेको दाबी समेत गरे। उनले पार्टीको आन्तरिक एकता कमजोर हुँदा वाह्य शक्तिहरुले खेल्न पाउने भएकाले पनि एमालेले आन्तरिक एकतालाई जोड दिने कामलाई अघि बढाएको समेत बताए । त्यस अवसरमा वरिष्ठ नेता पोखरेलले एमालेले आसन्न निर्वाचनको चुनावी घोषणा पत्रको तयारीको काम अन्तिम चरणमा पुर्याएको र त्यसमा आफूहरुले गर्नसक्ने कामको समयसीमासहित एजेण्डा समावेश गरिने समेत बताए ।
उनले भने,‘नेकपा एमाले एउटा यस्तो शक्ति हो, जसलाई कमजोर बनाउन, सिध्याउन अनेक खालका षडयन्त्रपूर्ण गतिविधिहरु हुने गरेका छन् । देखिने, नदेखिने, भित्रका, बाहिरका यस खालका गतिविधिहरु हुने गरेका छन् । तर हामीले के बुझ्नुपर्दछ भने बाहिरी षड्यन्त्रहरुलाई चिर्नका लागि भित्री रुपमा मजदुत हुनुपर्दछ । भित्री रुपमा कमजोर भइयो भने बाहिरी षड्यन्त्र हावी हुन्छ । त्यो हावी हुन दिने पक्षमा हामी छैनौँ । हामी आन्तरिक रुपमा सुदृढ हुन चाहन्छौँ । त्यसकारण एमालेको बारेमा केही अलमल हुनुपर्ने अवस्था छैन ।’
नेता पोखरेलले जेनजी आन्दोलनको नाममा भएका राष्ट्रहित विपरितका गतिविधिप्रति मात्रै एमालेको आपत्ति रहेको समेत बताए ।