महासंघले आजका लागि छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९५ हजार २०० रुपैयाँ तोकेको छ। यसअघि हिजो (बुधवार) सुन प्रतितोला ३ लाख ४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।
सुनसँगै चाँदीको मूल्य पनि आज घटेको छ । आज चाँदी प्रतितोला ६२० रुपैयाँले घटेर ४ हजार ९८० रुपैयाँ कायम भएको छ। बुधवार चाँदी प्रतितोला ५ हजार ६०० रुपैयाँमा बिक्री भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा आएको उतार चढावका कारण स्थानीय बजारमा पनि त्यसको ठुलो असर देखिएको महासंघले जनाएको छ।