९०% हकप्रद शेयर निष्कासन गर्न मोदी इनर्जीलाई विभागबाट स्वीकृति

Feb 05, 2026 12:01 PM merolagani



तल्लो मोदी खोला जलविद्युत आयोजना (२० मेगावाट) को प्रवर्द्धक कम्पनी मोदी इनर्जी लिमिटेडले हकप्रद शेयर निष्कासनका लागि विद्युत् विकास विभागबाट पूर्व स्वीकृति प्राप्त गरेको छ। 

कम्पनीले हाल कायम चुक्ता पूँजीको १:०.९००२९ को अनुपातमा हकप्रद शेयर जारी गर्न लागेको हो। कम्पनीले आज (बिहीबार) नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई पत्र लेख्दै हकप्रद शेयर निष्कासनका लागि नियामक निकायबाट स्वीकृति प्राप्त भएको जानकारी गराएको हो।

विद्युत् विकास विभागले मिति २०८२ माघ २१ गते कम्पनीलाई हकप्रद शेयर निष्कासनका लागि पूर्व स्वीकृति प्रदान गरेको पत्रमा उल्लेख छ। हाल मोदी इनर्जीको चुक्ता पूँजी २ अर्ब ९० करोड रुपैयाँ रहेको छ। स्वीकृत अनुपात (१:०.९००२९) अनुसार कम्पनीले करिब २ अर्ब ६१ करोड ८ लाख रुपैयाँ बराबरको हकप्रद शेयर निष्कासन गर्ने तयारी गरेको छ।

विद्युत् विकास विभागबाट पूर्व स्वीकृति पाएसँगै अब कम्पनीले हकप्रद शेयर निष्कासनको अन्तिम स्वीकृतिका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिनुपर्नेछ। धितोपत्र बोर्डबाट अनुमति पाएपछि मात्रै कम्पनीले शेयर निष्कासनको मिति र 'बुक क्लोज' तय गर्नेछ।

पर्वत जिल्लामा तल्लो मोदी खोला जलविद्युत आयोजना सञ्चालन गरिरहेको यस कम्पनीले आफ्नो ऋण भार कम गर्न वा अन्य वित्तीय व्यवस्थापनका लागि ठुलो परिमाणमा हकप्रद शेयरमार्फत पूँजी जुटाउन लागेको हो।




अन्तर्राष्ट्रिय बजारमा सुन-चाँदीको मूल्यमा ऐतिहासिक 'क्र्यास': आइतबार नेपालको बजारमा के होला ?

Jan 31, 2026 11:51 AM

अन्तर्राष्ट्रिय कमोडिटी बजारमा शुक्रवार सुन र चाँदीको मूल्यमा दशकौँयताकै सबैभन्दा ठुलो र ऐतिहासिक गिरावट आएको छ। शुक्रवारको अन्तिम कारोबारमा चाँदीको फ्युचर्स मूल्य ३१.४ प्रतिशतले घटेर प्रति औँस ७८.५३ डलरमा झरेको छ।