माघ २१ गते बैंकले उक्त योजनाअन्तर्गत म्युचुअल फण्ड निष्कासन गर्न बोर्डबाट स्वीकृती प्राप्त गरेको हो ।
बैंक लिमिटेड कोष प्रवर्द्धक तथा गरिमा क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको सामूहिक लगानी कोष गरिमा म्युचूअल फण्डअन्तर्गत विकास बैंकबाट प्रवर्द्धित पहिलो खुलामुखी योजनाको रुपमा एक अर्ब बराबरको “गरिमा सुवर्ण योजना” को म्युचुअल फण्ड निष्कासन गर्न अनुमति प्राप्त भएको हो ।
गरिमा विकास बैंक लिमिटेडको सहायक कम्पनी गरिमा क्यापिटल लिमिटेड नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त मर्चेन्ट बैंकर हो । गरिमा क्यापिटल लिमिटेडका सम्पूर्ण सेवाहरु ग्राहक समक्ष पुर्याउनका लागि गरिमा विकास बैंक लिमिटेडका सम्पूर्ण शाखा कार्यालयहरुबाट समेत सहजिकरण हुँदै आएको छ ।
बैंकले आफ्ना सेवाहरु अझ परिस्कृत र ग्राहकमैत्री तवरबाट प्रवाह गर्नको निमित्त विभिन्न नविनतम प्रविधिहरुको प्रयोग गर्दै अगाडि बढ्ने प्रतिबद्धता जनाएको छ