नयाँ प्रविधि र अनुसन्धानलाई आत्मसाथ गर्दै टेलिकमले सर्वसुलभ रूपमा गुणस्तरीय सेवा प्रदान गरिरहेको उनको भनाई छ । प्रविधिमा भइरहेको विश्वव्यापी द्रुत परिवर्तनसँगै सेवाग्राहीको माग र चाहना बढ्दै गएको उनले बताइन् । उनकाअनुसार प्रायः सबै शहर तथा गाउँमा ‘फाइबर टु द होम’ सेवा विस्तार भएसँगै उच्च गतिको ब्रोडब्यान्ड सेवा सर्वसाधारणको पहुँचमा पुगेको छ ।
देशको प्रमुख दूरसञ्चार सेवा प्रदायकका रूपमा टेलिकमले कनेक्टिभिटी उपलब्ध गराई टेलिहेल्थ, टेलिमेडिसिन र टेलिएजुकेशनजस्ता सेवाको विकासमा ध्यान दिन आवश्यक रहेको उनले उल्लेख गरिन् । विशेषगरी दुर्गम क्षेत्रमा ई–डिजिटल सेवाको पहुँच सुनिश्चित गर्न आवश्यक पूर्वाधार निर्माण जरुरी रहेको सचिव बस्नेतको भनाइ छ ।
यसले जनताको जीवनस्तरमा सकारात्मक प्रभाव पार्नुका साथै मुलुकको डिजिटलाइजेसन अभियानलाई थप गति दिने उनले बताइन् । टेलिकमले सेवाको गुणस्तर र सर्वसुलभता अझै वृद्धि गर्नुपर्ने उल्लेख गर्दै उनले प्रत्येक नेपाली बसोबास गर्ने स्थानमा वायरलेस र वायरलाइन दुवै प्रकारका दूरसञ्चार सेवाको पहुँच पुर्याउन आवश्यक रहेको बताइन् ।
उनले भनिन्, ‘विश्वव्यापी रुपमा प्रविधिमा भईरहेको द्रुर्त परिवर्तन अनुरुप सेवाग्राहीहरुको माग र चाहना समेत बढेर गएको अवस्थामा नयाँ प्रविधि र अनुसन्धानलाई आत्मसाथ गरि सर्वसुलभ रुपमा आम सेवाग्राहीलाई गुणस्तरीय सेवा प्रदान गर्न टेलिकमले महत्वपुर्ण कार्य गर्दै आएको छ । यसवर्ष ७४९ स्थानिय तहहरुमा फोरजी सेवाको पहुँच मार्फत डिजिटल डिभाइड न्युनिकरणमा उल्लेखनीय प्रगति भएको छ । यस्तै प्राय सबै शहर तथा गाउँमा फाईवर टु द होम सेवा विस्तारमार्फत उच्च गतिको ब्रोडव्याण्ड सेवा पुगेको छ । टेलिकमले देशेको प्रमुख सेवा प्रदायकको रुपमा कनेक्टिभिटि उपलब्ध गराई टेलिहेड, टेलिमेडिसियन, टेलि एजुकेशन जस्ता सेवाको विकासलाई ध्यान दिनुपर्ने देखिन्छ । विशेष गरी दुर्गम ई–डिजिटल सेवाहरु पुग्नेगरि आवश्यक ढाँचा तयार गर्न जरुरी छ । यसले जनताको जीवनस्तरमा सकरात्मक प्रभाव पार्नेछ र मुलुकलाई डिजिटलाईजेशन गर्ने अभियानमा गति प्रदान गर्नेछ । टेलिकमले आफ्नो सेवाको गुणस्तरीयता र सर्वसुलभतालाई अझै बढाउनुपर्नेछ । प्रत्येक नेपाली बसोबास गर्ने स्थानमा वायरलेस र वायरलाईन दुबै प्रकृतिको दूरसञ्चार सेवाको पहुँच पुर्याउन आवश्यक छ । यसको लागि मन्त्रालयले ग्रामिण दुरसञ्चार विकास कोष, पहिचान लगायत अन्य कार्यक्रममार्फत आवश्यक सहजीकरण गर्दै आएको छ ।’
उनले टेलिकममा रहेका कर्मचारीहरुको वृत्तिविकास र अन्य मागहरु सम्बोधन गर्न मन्त्रालय तयार रहेको पनि जानकारी दिइन् ।