बौद्धबाट चोरी गरिएको ६५ तोला सुन बरामद

Feb 05, 2026 03:10 PM Merolagani



काठमाडौँ महानगरपालिका–६ बौद्ध टुसाल नजिकै रिन्जी लामाको घरबाट दिनदहाडै चोरी भएको ६५ तोला सुन बरामद गरिएको छ।

मंगलबार दिउँसो करिब १ बजेतिर स्थानीय रिन्जी लामाको पाँचतले घरको चौथो तलाबाट उक्त परिमाणको सुन चोरी गर्ने लुटेरालाई प्रहरीले महानगरपालिकास्थित महाकालबाट गोली प्रहार गरी पक्राउ गरेको हो। पक्राउ पर्नेमा बाँके घर भएका ३८ वर्षीय प्रेम चौधरी रहेका छन्।

गत माघ २० गते अर्थात मंगलबार दिउँसो काठमाडौँ महानगरपालिका–६ बौद्ध टुसाल निवासी रिन्जी लामाको घरबाट करिब १ करोड ४ लाख रुपैयाँभन्दा बढी मूल्यका गरगहना चोरी भएको थियो। प्रारम्भिक अनुसन्धानबाट चौधरीले नै लामाको घरबाट धनमाल चोरी गरेको खुलेको प्रहरीले जनाएको छ।

चौधरीलाई जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले गोली प्रहार गरी नियन्त्रणमा लिएको हो।

प्रहरीलाई देखेपछि चौधरी भाग्न खोजेका थिए। सोही क्रममा गोली प्रहार गरी उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।




अन्तर्राष्ट्रिय बजारमा सुन-चाँदीको मूल्यमा ऐतिहासिक 'क्र्यास': आइतबार नेपालको बजारमा के होला ?

Jan 31, 2026 11:51 AM

अन्तर्राष्ट्रिय कमोडिटी बजारमा शुक्रवार सुन र चाँदीको मूल्यमा दशकौँयताकै सबैभन्दा ठुलो र ऐतिहासिक गिरावट आएको छ। शुक्रवारको अन्तिम कारोबारमा चाँदीको फ्युचर्स मूल्य ३१.४ प्रतिशतले घटेर प्रति औँस ७८.५३ डलरमा झरेको छ।