अष्ट्रेलिया र स्लोभाकिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

Feb 06, 2026 01:05 PM Merolagani



वैदेशिक रोजगारीको लागि अष्ट्रेलिया र स्लोभाकिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई  प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-३२ बस्ने काभ्रे पाँचखल नगरपालिका-३ घर भएका ३५ वर्षीय रूपेश लामिछाने र काठमाडौं तारकेश्वर नगरपालिका-६ बस्ने धादिङ खनियाबास गाउँपालिका-३ घर भएका ३५ वर्षीय हिरा तामाङ रहेका छन् ।

पक्राउ मध्ये रूपेशले अष्ट्रेलिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ९ लाख रूपैयाँ र हिराले स्लोभाकिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ८ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठामाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले रूपेशलाई काठमाडौं महानगरपालिका-३२ बाट र हिरालाई ललितपुर, ललितपुर महानगरपालिका-१२ बाट पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

 




सुन र चाँदीको मूल्यमा भारि गिरावट, सुन तीन लाखमा झर्यो

Feb 01, 2026 10:44 AM

माघ १८ गते, आईतबार, नेपाली बजारमा सुन र चाँदीको मूल्यमा भारी गिरावट भएको छ । यस दिन सुन प्रतितोला १८ हजार ८०० रुपैयाँ र चाँदीको मूल्य तोलामा एक हजार ५६५ रुपैयाँले घटेको हो ।