२४ जना उम्मेदवारले बुझाए निर्वाचन आयोगमा स्पष्टीकरण

Feb 06, 2026 04:25 PM Merolagani



निर्वाचन आचारसंहिता उल्लङ्घनसम्बन्धी उजुरीका आधारमा निर्वाचन आयोगले स्पष्टीकरण सोधेका ३४ जना उम्मेदवारमध्ये २४ जनाले जवाफ बुझाएका छन्।

शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा आयोगले आचारसंहिता उल्लङ्घनको आरोपमा ३४ जना राजनीतिक दलका प्रतिनिधि तथा उम्मेदवारलाई स्पष्टीकरण सोधिएको जानकारी दिएको हो। तीमध्ये हालसम्म २४ जनाबाट लिखित स्पष्टीकरण प्राप्त भइसकेको आयोगले जनाएको छ।

आयोगकाअनुसार ३४ जना राजनीतिक दल र उम्मेदवारसँग स्पष्टीकरण माग गरिएकोमा २४ जनाबाट जवाफ आइसकेको र निर्वाचन आचारसंहिता तथा निर्वाचन कसुर तथा सजाय ऐनको प्रावधानअनुसार आवश्यक कारबाही प्रक्रिया पनि अघि बढाइएको छ ।

आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन हुँदैछ ।




सुन र चाँदीको मूल्यमा भारि गिरावट, सुन तीन लाखमा झर्यो

Feb 01, 2026 10:44 AM

माघ १८ गते, आईतबार, नेपाली बजारमा सुन र चाँदीको मूल्यमा भारी गिरावट भएको छ । यस दिन सुन प्रतितोला १८ हजार ८०० रुपैयाँ र चाँदीको मूल्य तोलामा एक हजार ५६५ रुपैयाँले घटेको हो ।