चलचित्र विकास बोर्डमा वरिष्ठ अभिनेता सुनिल थापाको अन्तिम बिदाई

Feb 08, 2026 12:34 PM Merolagani



नेपाली चलचित्र जगतका वरिष्ठ तथा लोकप्रिय अभिनेता सुनिल थापाको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका चलचित्र विकास बोर्ड परिसरमा राखिएको छ ।

वरिष्ठ अभिनेता सुनिल थापा (६८ वर्ष) को हृदयघातका कारण शनिवार बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । उनलाई बेहोस अवस्थामा अस्पताल भर्ना गरिएको र बिहान साढे ७ बजे ईसीजी रिपोर्टबाट मृत्यु पुष्टि भएको थियो ।

थापा लामो समयदेखि शंखमूलस्थित आफ्नो अपार्टमेन्टमा बस्दै आएका थिए । नेपाली सिनेमामा ‘राते काइँला’ को नामले चर्चित थापाले चार दशकभन्दा बढी समयसम्म नेपाली, भारतीय (बलिउड) र भोजपुरी चलचित्रमा अभिनय गरेका थिए । उनले ३०० भन्दा बढी फिल्ममा काम गरेका छन् ।

प्रियंका चोपडाको ‘मैरी कोम’ मा उनको प्रशिक्षकको भुमिका तथा ‘द फेमिली म्यान’ जस्ता चर्चित सिरीजमा पनि अभिनय गरेका थिए । नेपाली सिनेमामा खलनायकको भुमिकालाई नयाँ उचाई दिने अभिनेतामा थापा पनि पर्दछन् । उनलाई फिल्मकर्मीहरूका साथै विभिन्न क्षेत्रका व्यक्तित्वहरू बोर्ड पुगेर श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् ।




राष्ट्रिय पार्टी बन्नेमा पाँच दल ढुक्कः संघर्ष गर्दै राप्रपा, राष्ट्रिय पार्टी बन्नेलाई यस्ताे हुन्छ सुविधा ?

Mar 09, 2026 05:33 PM

नेपालमा पाँच वटा राजनीतिक दलहरुले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने देखिएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाउने आधार देखिएको हो ।