मारुती सुजुकी भिक्टोरिस एसयूभीमा ग्राहकले पाउँदैछन् छुट, ७८ हजारसम्मको छुट र बोनस सुविधा

Feb 09, 2026 01:52 PM merolagani



मारुती सुजुकी भिक्टोरिस एसयूभी किन्ने ग्राहकले अब छुट तथा बोनस पाउने भएका छन् । 

कम्पनीले भारतीय शोरुमहरुमा फेब्रअरी सुरु भएपछि पहिलो पटक छुट सुविधा पाएका हुन् । मिडसाइडका रुपमा निकै रुचाइएको यो एसयूभी अहिले भारतीय बजारमा १०.५० लाख देखि १९.९९ लाख भारतीय रुपैयाँसम्ममा उपलव्ध छ ।

त्यसमध्ये फेब्रअरीमा खरिद गर्ने ग्राहकले भने ५० हजार देखि ७८ हजार भारतीय रुपैयाँसम्म छुट र बोनस पाउन सक्ने सुविधा कम्पनीले ल्याएको हो । मारुती भिक्टोरिस एलएक्सआई र भीएक्सआई पेट्रोल र सीएनजी भेरियन्टहरुमा कुल ५० हजार भारतीय रुपैयाँको छुट सुविधा प्राप्त गर्न सकिनेछ ।

त्यस्तै, कम्पनीले पेट्रोल र सीएनजी पावरट्रेन दुवै विकल्पहरुसँग उपलव्ध जेडएक्सआई र जेडएक्सआई प्लस ट्रिमहरुमा ६१ हजार भारतीय रुपैयाँसम्मको छुट सुविधा पाउन सक्नेछन् । यसमा उपभोक्ताको प्रस्ताव ४१ हजार र वफादारीता बोनस २० हजार भारतीय रुपैयाँ प्राप्त हुनेछ ।

 

कम्पनीको बलियो हाइब्रीड संस्करण छनौट गर्दा ७८ हजार रुपैयाँसम्मको उच्चतम लाभ लिन सकिने कम्पनीले जनाएको छ । २०२६ फेब्रअरी सुरु भएपछि गाडी खरिद गर्न चाहने ग्राहकले यो सुविधा प्राप्त गर्नेछन् । यो सुविधा भारतीय बजारमा मात्र उपलव्ध छन् ।

सुजुकीको आधिकारीक डिस्ट्रिब्युटर्स सीजी मोटोकर्पका अनुसार, यो एसयूभीमा नेपालमा छुट सुविधा भने लागू गरेको छैन् । बरु लन्च हुने बेला भने कम्पनीले सीमित समयका लागि पहिला ५० बुकिङमा दुई लाख सम्मको एक्सचेन्ज बोनस भने दिएको थियो ।

 




सुन र चाँदीकाे मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

Feb 06, 2026 11:04 AM

माघ २३ गते, शुक्रबार पनि नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेकाे छ।