प्राधिकरणले आज सबै प्रकारणका बीमा कम्पनी, ब्रोकर (दलाल) र मध्यस्थकर्ताको नाममा परिपत्र जारी गर्दै बीमा सेवामा हुलाक टिकट टाँस्ने प्रचलन र अभ्यास हटाउने व्यवस्था मिलाउन आग्रह गरेको छ।
गत मंसिर २९ गते मन्त्रिपरिषदबाट प्रचलित कानुनमा व्यवस्था भएकोमा बाहेक सेवा प्रवाहको प्रक्रियामा कागजातको आधिकारिकताका लागि आय टिकटका रुपमा हुलाक टिकट टाँस्ने अभ्यास, प्रचलन वा व्यवस्थालाई हटाउने निर्णय भएको थियो। मन्त्रिपरिषदको सोही निर्णय कार्यान्वयन गर्ने व्यवस्था मिलाउन प्राधिकरणले बीमकहरुलाई आग्रह गरेको हो।