भुजुङ्ग हाइड्रोपावरको आईपीओ भाेलि बाँडफाँट हुने

Feb 09, 2026 03:39 PM Merolagani



भुजुङ्ग हाइड्रोपावर लिमिटेडको आईपीओ माघ २७ गते मंगलबार बाँडफाँट हुने भएको छ । उक्त हाईड्रोपावरको आईपीओ शेयर निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेडले मंगलबार विहान ९ बजे आईपीओ बाँडफाँट गर्ने तयारी गरेको हो ।

हाईड्रोपावरले गत माघ १२ गतेदेखि १५ गतेसम्म सर्वसाधारणका लागि खुला गरेको आईपीओमा ३ करोड ७ लाख ८४ हजार ८२० कित्ता शेयरका लागि २६ लाख ६५ हजार १७४ जनाको आवेदन परेको छ । कम्पनीको आईपीओ आवेदन गरेका २५ लाख ८२ हजार १७४ जनाको हात खाली हुने भएको हो ।

कम्पनीले जारी पूँजी १ अर्ब रुपैयाँको २० प्रतिशत अर्थात २० करोड रुपैयाँ बराबरको २० लाख कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो।




सुन र चाँदीकाे मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

Feb 06, 2026 11:04 AM

माघ २३ गते, शुक्रबार पनि नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेकाे छ।