नेप्सेले तोकेको ओपनिङ रेन्जमा रिलायन्स स्पिनिङ मिल्सको असन्तुष्टि

Feb 14, 2026 09:36 AM merolagani



'कम्पनीको वास्तविक वित्तीय अवस्थालाई बेवास्ता गरियो' रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आफ्नो शेयरको पहिलो कारोबारका लागि तोकेको मूल्य सीमा (ओपनिङ रेन्ज) प्रति गम्भीर असन्तुष्टि व्यक्त गरेको छ।

कम्पनीले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै नेप्सेले तोकेको सुरुवाती मूल्य सीमा अव्यावहारिक र विभेदकारी रहेको दाबी गरेको हो।

नेप्सेले रिलायन्स स्पिनिङ मिल्सको पहिलो कारोबारका लागि . १०० देखि ३०० सम्मको ओपनिङ रेन्ज निर्धारण गरेको छ। यो मूल्य अंकित मूल्य (फेस भ्यालु) को तीन गुणा मात्र हो। कम्पनीका अनुसार यो निर्णय यसअघि अन्य कम्पनीहरूको सूचीकरणका क्रममा अपनाइएको अभ्यास र आधारभन्दा विपरीत छ। कम्पनीले बुक बिल्डिङ जस्तो आधुनिक विधिबाट शेयर निष्कासन गरेको स्मरण गराउँदै यसको सूचीकरण र मूल्य निर्धारण प्रक्रिया पनि सामान्य विधिभन्दा फरक हुनुपर्ने माग गरेको थियो।

विज्ञप्तिमा भनिएको छ, "हाम्रो कुराको सुनुवाइ नभएपछि कम्पनी शेयर सूचीकरण गर्न बाध्य भएको छ, तर नेप्सेको यो निर्णयले लगानीकर्ताको मनोबलमा असर पर्न सक्छ।" कम्पनीका अनुसार बुक बिल्डिङ प्रक्रियामा योग्य संस्थागत लगानीकर्ताहरू बीच भएको सिलबन्दी बोलपत्रमार्फत शेयरको खरिद मूल्य ६०८ देखि ९१२ सम्म कायम भएको थियो। सोही आधारमा सर्वसाधारणका लागि १० प्रतिशत छुट दिएर ८२०.८० मूल्य तय गरिएको थियो। यस्तो अवस्थामा नेप्सेले ३०० सम्मको मात्र सीमा तोक्नुले वास्तविक बजार मूल्यलाई प्रतिनिधित्व नगर्ने कम्पनीको ठहर छ। कम्पनीले आफ्नो प्रतिशेयर मूल्य ९१२ काल्पनिक नभई विज्ञ वित्तीय संस्थाहरूको प्रक्षेपण र सम्भाव्यताका आधारमा तय गरिएको स्पष्ट पारेको छ। आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको प्रतिशेयर नेटवर्थ ४९०.५४ रहेको छ। "कम्पनीको वर्तमान वित्तीय स्थितिले नै ९१२ को मूल्यलाई समर्थन गर्दछ," विज्ञप्तिमा उल्लेख छ। कम्पनीले सबै आदरणीय लगानीकर्ताहरूलाई कम्पनीको वास्तविक वित्तीय अवस्था र सम्भाव्यतालाई उचित विचार गरेर मात्र निर्णय गर्न अनुरोध गरेको छ।




मेरोलगानीको 'नयाँ वर्षको धमाका अफर'

Apr 10, 2026 08:50 AM

नजिकिँदै गरेको नयाँ वर्ष २०८३ को अवसरमा मेरोलगानीले शेयर बजारका लगानीकर्ताहरुका लागि नयाँ अफर लिएर आएको छ। सो अवसरमा मेरोलगानीले आफ्ना सबै प्रिमियम प्रडक्टहरुमा २५ प्रतिशतको डिस्काउन्ट दिने भएको छ।